मधुमेह निको पार्ने करेलाका यस्ता फाइदा | Khabarhub Khabarhub

मधुमेह निको पार्ने करेलाका यस्ता फाइदा


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

करेला तपाइँले तरकारीको रुपमा खाने गर्नु भएको होला । तरकारीको रुपमा करेलाको प्रयोग स्वास्थ्यका हिसावमा निकै फाइदाजनक रहेको हुन्छ । अझ यसलाई धेरै नपाइकन वा काँचै प्रयोग गर्दा थप फाइदा मिल्ने चिकित्सकहरु बताउँछन् ।

तिते करेला तरकारीका रुपमा हामीले प्रयोग गर्दै आए पनि यसले मानव स्वास्थ्यमा पुर्‍याउने फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । तीते करेलामा प्रशस्त मात्रामा औषधीय गुणहरु हुन्छन् ।

तिते करेला खाँदामा तीतो भएपनि स्वास्थ्यका लागि यो निकै उपयुक्त मानिन्छ । मधुमेह रोगका लागि राम्रो मानिने करेलाले क्यान्सर हुनबाट समेत जोगाउने एक अध्ययनले देखाएको छ ।

अमेरिकाको सेन्टलुईस विश्वविद्यालयका शोधकर्ताहरूले करेलाले क्यान्सरका कोशिकाहरू नष्ट गर्ने कुरा पत्ता लगाएका छन् । शोधकर्ताहरूले करेलामा पाइने एक रासायनिक तत्व जसले क्यान्सरका कोशिकाहरूमा ग्लूकोजको प्रयोगलाई रोक्दछ ।

ग्लूकोजले कोशिकाहरूमा उर्जा ल्याउने गर्दछ । जसले क्यान्सरको रोग विस्तार गर्दछ । ग्लूकोजको प्रवाह बन्द हुनाले क्यान्सरका कोशिकाहरू अन्त्य हुन थाल्दछन् ।

करेलाले टाउको दुख्ने, घाँटी एवं पेटको क्यान्सरमा समेत ओखतिको काम गर्ने दावी गरिएको छ । विश्वविद्यालयका प्रोफेसर रे का अनुसार, करेलाको प्रयोगबाट विकसित औषधिहरू बनाउन सकिन्छ, जसले बिना साइड इफेक्ट क्यान्सरयुक्त कोशिकाहरू नष्ट गर्न मद्दत गर्दछ ।

मधुमेहका बिरामीले कसरी प्रयोग गर्ने करेला ?

मधुमेह हुनेलाई करेलाको सब्जी जुस र विशेष गरेर धुलो धेरै प्रभावकारी हुन्छ । करेला अग्नाशायलाई उत्तेजित पारेर इन्सुलिनको स्त्रावलाई बढाउछ । करेलामा प्रयाप्त मात्रामा इन्सुलिन पाइन्छ । सो इन्सुलिन पिसाब र रगत दुबैलाई नियन्त्रणमा राख्ने गर्दछ । हेरौ मधुमेहमा करेलाको प्रयोग कसरी गरेर डाइविटिजबाट राहात पाउन सकिन्छ ।

करेलाको जुस

पहिले ४ वटा करेलालाई लिनुहोस् । सो करेलालाई नतासिकन तिन भागमा काट्नुहोस । काटिएको करेलाको एक भागलाई सय ग्राम पानि मिसाएर जुस बनाउनुहोस । सो जुसमा आधा कागति निचोर्नुस् र स्वाद अनुसारको नुन राखेर पिउनुहोस । यसरीनै बाकि रहेका दुई भाग करेलालाई दिउसो र बेलुका गरेर पिउनुहोस । दैनिक तीन पटक जुस नियमित तिन महिना सम्म पिए डाइविटिजबाट छुटकारा पाउन सकिन्छ ।

करेलाको सब्जी

करेलाको तरकारी पकाउदा करेलालाई नतासिकन बनाउनु पर्दछ ।

करेलाको धुलो

करेलाको सिजनमा २० केजि राम्रो करेलालाई सफा पानिले धुनुहोस । यसरी धोएको करेलालाई मसिनो हुने गरि काट्नुहोस र घाममा सुकाउनुहोस् । सुकेको करेललाई मसिनो गरेर पिस्नुहोस र हावा नछिर्ने बट्टामा राख्नुहोस ।

यस धुलोलाई बिहान एक चम्चा दिउँसो एक चम्चा र बेलुका गरि दिनमा तीन पटक चिसो पानिमा राखेर पिउनुहोस । मधुमेबाट लाभ पाउनुहुनेछ । करेलालाई सुकाएर राख्दा पनि यसको गुण नष्ट हुदैन ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ११ : ३९ बजे

रौतहटमा लागूऔषधसहित दुई युवा पक्राउ

रौटहट– सशस्त्र प्रहरी बल नेपालले लागूऔषधको कारोबारमा संलग्न दुई युवालाई

कर्णालीका प्रमुख राजमार्ग अवरुद्ध हुन नदिने के छ रणनीति ?

सुर्खेत– कर्णाली प्रदेशका प्रमुख राजमार्गलाई बर्सात समयमा अवरुद्ध हुन नदिनका

बलबहादुर केसीले भने- रामचन्द्रलाई गोविन्दराज रोक्नै पर्ने, शेरबहादुरलाई पुष्कर ओझा नरोकी नहुने

काठमाडौं- नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टी ठीक ढंगले चल्न

कञ्चन गाउँपालिकाका पाँच सय परिवारले पाए एकसाथ लालपुर्जा

काठमाडौं– रुपन्देहीको कञ्चन गाउँपालिकाका करिब पाँच सय परिवारले एकसाथ लालपुर्जा

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय र नेपाली सेनाको सैनिक