कक्षा १२ को नतिजाको त्रुटि छानबिनको माग गर्दै राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन « Khabarhub

कक्षा १२ को नतिजाको त्रुटि छानबिनको माग गर्दै राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको भएको भन्दै छानबिनको माग गर्दै अनेरास्ववियुले भक्तपुरस्थीत राष्ट्रिय परीक्षा बोर्ड अगाडी प्रदर्शन गरेका छन् ।  

कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटिका साथै पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै अनेरास्ववियुले शुक्रबार भक्तपुरमा प्रदर्शन गरेको हो ।

उनीहरूले विद्यार्थीमाथि अन्याय बन्द गर, शिक्षामा बेथिति अन्त्य गर, अनियमितता छानबिन गर, दोषीलाई कारबाही गर, शैक्षिक न्याय कायम गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

अनेरास्ववियुका महासचिव अञ्जना शिवाकोटीले शिक्षा क्षेत्रको सुधारको माग गर्दै परीक्षा बोर्डमा प्रदर्शन गरिएको बताइन् । 

कक्षा १२ को नतिजा प्रकाशनमा भएको त्रुटिका कारण विद्यार्थीहरूको भविष्यमाथि खेलबाड भएकाले गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराइन् । 

साथै विद्यार्थीहरूले चाँडो नजिता सार्वजनिक गर्ने नाममा त्रुटि गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । 

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १ : ५९ बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका