कक्षा १२ को नतिजाको त्रुटि छानबिनको माग गर्दै राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन « Khabarhub

कक्षा १२ को नतिजाको त्रुटि छानबिनको माग गर्दै राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको भएको भन्दै छानबिनको माग गर्दै अनेरास्ववियुले भक्तपुरस्थीत राष्ट्रिय परीक्षा बोर्ड अगाडी प्रदर्शन गरेका छन् ।  

कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटिका साथै पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै अनेरास्ववियुले शुक्रबार भक्तपुरमा प्रदर्शन गरेको हो ।

उनीहरूले विद्यार्थीमाथि अन्याय बन्द गर, शिक्षामा बेथिति अन्त्य गर, अनियमितता छानबिन गर, दोषीलाई कारबाही गर, शैक्षिक न्याय कायम गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

अनेरास्ववियुका महासचिव अञ्जना शिवाकोटीले शिक्षा क्षेत्रको सुधारको माग गर्दै परीक्षा बोर्डमा प्रदर्शन गरिएको बताइन् । 

कक्षा १२ को नतिजा प्रकाशनमा भएको त्रुटिका कारण विद्यार्थीहरूको भविष्यमाथि खेलबाड भएकाले गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराइन् । 

साथै विद्यार्थीहरूले चाँडो नजिता सार्वजनिक गर्ने नाममा त्रुटि गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । 

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १ : ५९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र