तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य « Khabarhub

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया आकाङ्क्षा पोखरेललाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ ।
 
जिल्लामा दुई वर्ष पत्रकारिता गरेकी पोखरेल हाल भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत छिन् ।
 
भरतपुर निवासी पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट ८८० मत प्राप्त गरी केन्द्रीय सदस्य पदमा विजयी भएकी हुन् । रास्वपाको स्थापनाकालदेखि नै सक्रिय रहँदै आएकी पोखरेलले यसअघि पार्टीको भरतपुर महानगर सदस्य र महानगर कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेकि छन् ।
 
केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले नेपालका प्रमुख राजनीतिक दलहरूमा सम्भवतः सबैभन्दा कम उमेरको पहिलो केन्द्रीय सदस्यका रुपमा आफू निर्वाचित भएको दाबी गरिन्  ।
 
‘जेन-जी’ पुस्ताको अपेक्षाअनुसार पार्टीलाई अगाडि बढाउन सक्दो प्रयास गर्ने उल्लेख गर्दै युवा नेत्री पोखरेलले भनिन्, ‘मुलुकको सबैभन्दा ठूलो पार्टीको केन्द्रीय सदस्यमा विजयी भएसँगै आफ्नो जिम्मेवारी बढेको छ । यस अवसरमा मलाई विश्वास गरी मतदान गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिसहित रास्वपाका नेता तथा कार्यकर्ता एवं शुभचिन्तक सबैलाई धन्यवाद भन्न चाहन्छु ।’
 

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ४ : ०१ बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका