डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित « Khabarhub

विश्वकप फुटबल

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार जित निकालेको छ ।

शनिबार बिहान सम्पन्न समूहचरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले हराउँदै फ्रान्स समूहको विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

फ्रान्सको जितमा ओस्मान डेम्बेलेले ह्याट्रिक गरेका थिए । नर्वेका थेलो आसगार्डले एक गोल फर्काएका थिए ।

फ्रान्सका डेम्बेलेले खेलको सातौँ मिनेटमा पहिललो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, उनले २०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । त्यसपछि २१औँ मिनेटमा नर्वेका आसगार्डले गोल फर्काउँदै खेललाई २–१ गोलको स्थितिमा ल्याए ।

यसैगरी, ३२औँ मिनेटमा डेम्बेलेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा डेसिरे डुएले गोल गर्दै फ्रान्सलाई ४–१ गोलको जित दिलाए ।

यो जितसँगै समूह चरणका तीनवटै खेलमा शतप्रतिशत जित निकाल्दै फ्रान्स ९ अंकसहित समूह विजेता बनेको छ । यस्तै, पराजित भएको नर्वे ६ अंकका साथ उपविजेता बन्यो ।

समूह चरणको तेस्रो खेल नखेल्दै यी दुई टोली नकआउट चरणमा पुगिसकेका थिए ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ५ : १५ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा