काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले रास्वपा महाधिवशेनबाट पारित केहि दस्तावेजले लोकतन्त्रको आधारलाई कमजोर बनाउने खतरा रहेको टिप्पणी गरेको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले रास्वपाको महाधिवशेनमा छलफल नभइ पारित भएको भनिएको केहि दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको टिप्पणी गरेका हुन् ।
लोकप्रियताको घुम्टोले जितेको शक्तिले गणतन्त्रको संरचनालाई जिस्काई–जिस्काई कपट र षड्यन्त्रप्रति नेकपा गम्भीर र सचेत रहेको उनले बताए । दुलालले निर्वाचनका क्रममा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउछु भन्ने रास्वपाले जनताको मत पाएपछि अहिले तिनै संरचनालाई खारेज गर्छु भन्नु जनतामाथिको बेइमानी र धोका भएको बताए ।
उनले अहिले विपक्षी बेन्चमा रहेकाहरू आगामी दिनमा फेरी सत्तापक्ष बेन्चमा आउन सक्ने भन्दै सत्तारुढ दलले यसलाई हेक्का राख्नुपर्ने धारणा राखे ।
आफूहरू एकताबद्ध भएर नवीन विचार, नेतृत्व र पहलकदमीसहित अघि बढ्ने भन्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्ध कुनै पनि कार्यको डटेर सामना गर्ने स्पष्ट पारे ।












प्रतिक्रिया