शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै उद्यमशीलतामा केन्द्रित हुन आवश्यक : उपराष्ट्रपति यादव « Khabarhub

शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै उद्यमशीलतामा केन्द्रित हुन आवश्यक : उपराष्ट्रपति यादव


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै अनुसन्धान र उद्यमशीलतामा केन्द्रित हुन आवश्यक रहेको बताएका छन् ।  

मदन भण्डारी मेमोरियल कलेजको २५ औं वार्षिकोत्सव(रजत बर्ष)का अवसरमा आइतबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उपराष्ट्रपति यादवले सूचना प्रविधिको तीव्रतर बिकास भइरहेको वर्तमान अवस्थामा शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै विश्वविद्यालय र कलेजहरूलाई अनुसन्धान र उद्यमशीलतामा केन्द्रित हुन आवश्यक रहेको बताएका छन् ।

उनले आजका युवाहरू केवल रोजगारी खोज्ने मात्र नभए आफ्नो प्रतिभा, नवाचार र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने क्षमता बोकेका धारणा राखे ।

प्रविधि, कृत्रिम बुद्धिमत्ता, एआइ, डिजिटल नवाचार र विश्वव्यापी प्रतिस्पर्धाको युगमा आधारभूत मूल्य र नैतिकतासँग जोडिँदै विश्व स्तरमा प्रतिस्पर्धा गर्नुपर्ने उनले बताए ।

उपराष्ट्रपति यादवले शिक्षालाई केवल प्रमाणपत्रमा सीमित नगरी जीवन उपयोगी कौशल र मूल्यमा आधारित बनाउन सक्नुपर्ने उल्लेख गरे । 

उनले समावेशी शिक्षालाई आत्मसात् गर्दै ग्रामीण, पिछडिएको, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम समुदायका बालबालिकालाई समान अवसर सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिए । कार्यक्रममा  उत्कृष्ट शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । 

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १ : ३५ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट