वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल « Khabarhub

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल


१४ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको वर्तमान परिस्थितिमा वामपन्थी एकता अत्यन्तै आवश्यक भइसकेको बताएका छन् । आज राजधानीमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले वाम एकताका लागि बाध्यात्मक परिस्थिति निर्माण भएको उल्लेख गरे ।

नेता खनालले वामपन्थी एकता आजको आवश्यकता मात्र नभएर इतिहासका अनेकौँ कालखण्डदेखि नै अपरिहार्य रहेको जिकिर गरे। विगतमा भएका गल्तीहरू तर्फ संकेत गर्दै उनले बीचको समयमा आफूहरूमा कहिले सिङ त कहिले जुरो पलाएका कारण एक हुन नसकेको टिप्पणी गरे ।

नेता खनालले आजकै दिनलाई प्रस्थानविन्दु मानेर वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अगाडि बढाउन सबैलाई आग्रह समेत गरे । देशमाथि वैदेशिक साम्राज्यवादी शक्तिहरूले बबन्डर मच्चाइरहेको दाबी गर्दै उनले त्यस्ता प्रवृत्तिविरुद्धको लडाइँलाई गतिशील रूपमा अघि बढाउन पनि कम्युनिस्टहरू एक हुनुको विकल्प नभएको धारणा राखे ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ३ : २९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको