कसरी टर्‍यो मेसी र रोनाल्डोबीचको क्वार्टरफाइनलमा हुन सक्ने भेट ? « Khabarhub

कसरी टर्‍यो मेसी र रोनाल्डोबीचको क्वार्टरफाइनलमा हुन सक्ने भेट ?


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फुटबल इतिहासकै दुई महान् खेलाडी लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोबीच फिफा विश्वकपको मञ्चमा हुन सक्ने भनिएको ‘महाभिडन्त’ को सम्भावना लगभग समाप्त भएको छ ।

अपेक्षा गरिए बमोजिम अर्जेन्टिना र पोर्चुगल आ–आफ्नो समूहको विजेता बनेको खण्डमा क्वार्टरफाइनलमा यी दुई स्टार आमनेसामने हुने समीकरण तय थियो । इन्टरनेट र सामाजिक सञ्जालमा समेत निकै चर्चा पाएको यो सम्भावित खेललाई पोर्चुगलको अप्रत्याशित नतिजाले पूर्णविराम लगाइदिएको छ ।

शनिबार भएको समूह ‘के’ को अन्तिम खेलमा कोलम्बियासँग ०–० को बराबरीमा रोकिएपछि पोर्चुगल समूह उपविजेतामा सीमित हुन पुग्यो । सोही समूहमा कोलम्बिया शीर्ष स्थानमा रहँदै अघिल्लो चरण प्रवेश गरेको छ । यस नतिजाले पोर्चुगललाई नकआउट तालिकाको अर्कोतर्फ धकेलिदिएको छ, जहाँ उसले अन्तिम ३२ मा क्रोएसियाको सामना गर्नेछ भने उक्त खेल जितेमा अन्तिम १६ मा स्पेनसँग भिड्ने सम्भावना रहनेछ । अर्कोतर्फ, लियोनेल मेसीको टिम अर्जेन्टिनाले भने अन्तिम ३२ मा केप भर्डेको सामना गर्नेछ ।

आफ्नो खेलजीवनमा यी दुई खेलाडीले हालसम्म ३६ पटक प्रतिस्पर्धा गरिसकेका छन्, जसमा मेसीले १६ खेल जित्दै २२ गोल गरेका छन् भने रोनाल्डोले ११ खेल जित्दै २१ गोल गरेका छन् । उनीहरूबीचको अन्तिम भेट सन् २०२३ को जनवरीमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र साउदी अल-स्टार्सबीचको मैत्रीपूर्ण खेलमा भएको थियो ।

हाल फरक-फरक महाद्वीपका क्लबबाट खेलिरहेका र सन् २०३० को आगामी विश्वकपमा सहभागिताको सम्भावना न्यून रहेका यी दुई खेलाडीबीचको यो नै अन्तिम विश्वकप भिडन्त हुन सक्थ्यो । अब यी दुई टोली प्रतियोगिताको फाइनलमा पुगेको खण्डमा मात्र मेसी र रोनाल्डोको भेट मैदानमा सम्भव हुनेछ, अन्यथा विश्वकपमा यी दुई जादुगरको आमनेसामने हेर्ने फुटबल प्रशंसकको चाहाना अधुरै रहनेछ ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  १० : ११ बजे

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि