विश्वकपमा आज पाँच पटकको विजेता ब्राजिल र एसियाली पावरहाउस जापानको भिडन्त « Khabarhub

विश्वकपमा आज पाँच पटकको विजेता ब्राजिल र एसियाली पावरहाउस जापानको भिडन्त


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आज राति एक बहुप्रतीक्षित र रोमाञ्चक भिडन्त हुँदै छ । जहाँ एसियाली पावरहाउस जापानले पाँच पटकको विश्वविजेता ब्राजिलको सामना गर्दै छ। नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुने यो खेलमा जापान बलियो प्रतिद्वन्द्वी ब्राजिललाई स्तब्ध पार्दै राउन्ड अफ १६ (प्रि-क्वार्टरफाइनल) मा पुग्ने रणनीतिका साथ मैदान उत्रनेछ।

जारी विश्वकपमा एसियाली क्षेत्रबाट नकआउट चरण अर्थात् राउन्ड अफ ३२ मा स्थान बनाउन सफल दुई टोलीमा जापान र इजिप्ट मात्र छन्। यस्तो अवस्थामा महादेशको साख जोगाउने भारी पनि आज जापानी टोलीको काँधमा छ।

समूह चरणको यात्रा: कस्तो थियो दुवैको प्रदर्शन?
ब्राजिल पाँच पटकको च्याम्पियन ब्राजिलले आफ्नो परम्परागत आक्रामक शैलीलाई कायम राख्दै समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्‍यो। टोलीका फरवार्ड र रक्षापङ्क्तिको सन्तुलनका कारण ब्राजिलले आफ्नो समूहमा दबदबा कायम राख्दै नकआउटको यात्रा तय गरेको हो।

जापानले समूह चरणमा आफ्नो उच्च गति, बलियो डिफेन्स र काउन्टर-अट्याक को कडा अनुशासन प्रदर्शन गरेको छ। यसअघि पनि विश्वकपका ठूला मञ्चहरूमा युरोपेली र दक्षिण अमेरिकी पावरहाउसलाई स्तब्ध पारिसकेको जापान ब्राजिलविरुद्ध पनि सोही इतिहास दोहोर्‍याउने दाउमा छ।

समूह ‘सी’ को आफ्नो पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरीमा रोकिए पनि ब्राजिलले त्यसपछिका खेलमा हाइटी र स्कटल्यान्डमाथि समान ३-० को सहज जित दर्ता गर्‍यो । समूह विजेताका रूपमा नकआउट चरणमा पुगेको ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरले समूह चरणमा सानदार प्रदर्शन गर्दै चार गोल गरिसकेका छन् ।

अर्कोतर्फ, जापानले पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको छ । समूह ‘एफ’ को पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध २-२ को बराबरी खेलेको जापानले त्यसपछि ट्युनिसियालाई ४-० को भारी अन्तरले पराजित गर्‍यो । समूहको अन्तिम खेलमा स्विडेनसँग १-१ को बराबरी खेल्दै जापान उपविजेताका रूपमा अन्तिम ३२ मा पुग्न सफल भयो ।

विश्वकपको इतिहासमा यी दुई टोली यसअघि सन् २००६ को जर्मनी विश्वकपमा मात्र आमनेसामने भएका थिए । समूह ‘एफ’ को उक्त खेलमा केइजी तामादाले ३४ औँ मिनेटमा गोल गर्दै तत्कालीन डिफेन्डिङ च्याम्पियन ब्राजिललाई स्तब्ध पारेका थिए ।

तर, त्यो गोल ब्राजिललाई ब्युँझाउन पर्याप्त बन्यो। पहिलो हाफको अन्तिम समयमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। दोस्रो हाफमा ब्राजिलले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लियो, जहाँ जुनिन्हो र गिल्बर्टोले गोल गरे भने रोनाल्डोले व्यक्तिगत दोस्रो गोल थपे।

रोनाल्डोको सोही गोलले तत्कालिन समयमा गेर्ड मुलरको १४ विश्वकप गोलको कीर्तिमानसँग बराबरी समेत गरेको थियो। विगतको त्यो ऐतिहासिक भिडन्तपछि अहिलेको यो खेल झनै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ११ : ०२ बजे

खुमलटारमा ड्रोनबाट मल छर्दै मेसिनबाट रोपाइँ (तस्बिरहरू)

काठमाडौं–  २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को

बाजुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा

बाजुरा– बाजुरा जिल्लालाई आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकको  शून्य समयमा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका

धानका बिरुवासँग किसानका सपना र राष्ट्रको भविष्य जोडिएको छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग