विश्वकपमा तन्त्रमन्त्रको घमासान : पेरुका झाँक्रीले फुकाए घानाका झाँक्रीको ‘श्राप’ « Khabarhub

विश्वकपमा तन्त्रमन्त्रको घमासान : पेरुका झाँक्रीले फुकाए घानाका झाँक्रीको ‘श्राप’


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिका, क्यानडा र मेक्सिकोमा जारी सन् २०२६ को फिफा विश्वकप फुटबल मैदानभित्रको खेलका कारण मात्र होइन, मैदानबाहिरका अनौठा र अपत्यारिला घटनाका कारण पनि निकै चर्चामा छ। गत जुन २५ मा मियामीमा भएको ब्राजिल र स्कटल्याण्डको खेलका क्रममा एलियनहरू आएर नेयमार र भिनिसियस जुनियरलाई उठाएर लैजाने दाबी गर्ने ब्राजिलियन तान्त्रिक अहिले हाँसोको पात्र बनेका छन् ।

तर, अफ्रिकी मुलुक घानाका एक जना रैथाने झाँक्रीले इङ्गल्याण्डका कप्तान ह्यारी केनविरुद्ध गरेको भनिएको ‘कालो जादु’ को चर्चाले भने अहिले फुटबल जगतमा सनसनी मच्चाएको छ । घानाविरुद्धको खेलमा ह्यारी केनले गोल गर्न नसकुन् भनेर नाना क्वाकु बोनसाम नाम गरेका घानाका ती झाँक्रीले केनमाथि तन्त्रमन्त्र गरेका थिए ।

नभन्दै, खेलमा गोलपोस्ट नजिकबाट प्रहार गर्ने सुनौलो मौका पाउँदा पनि केनको प्रहार चुकेको थियो । फलस्वरुप घाना र इङ्गल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो । यससँगै ती झाँक्रीले विश्वभर चर्चा पनि कमाए ।

तर, इङ्गल्याण्डका कप्तानलाई यो संकटबाट बचाउन दक्षिण अमेरिकी मुलुक पेरुका झाँक्रीहरूको अर्को समूह अघि सरेको छ । पेरुका झाँक्रीहरूले ह्यारी केनको उद्धार गर्दै केनमाथिको श्राप मोचन गर्ने तन्त्र साधना गरे ।

उनीहरूले पेरुको राष्ट्रिय टेलिभिजनमै प्रत्यक्ष आएर अनेक तन्त्रमन्त्र पढेर केनमाथिको श्राप मोचन गरेका हुन् ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ३ : ५९ बजे

हिजबुल्लाहको आरोप : इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गर्‍यो

बेरुत– हिजबुल्लाहले इजरायलले युद्धविराम सम्झौताको बारम्बार उल्लङ्घन गरेको आरोप लगाउँदै त्यस्ता

भूकम्पपीडित भेनेजुएलालाई चीनको १० करोड युआन आपतकालीन सहायता

बेइजिङ- शक्तिशाली भूकम्पबाट ठूलो जनधनको क्षति व्यहोरेको भेनेजुएलाका लागि चीनले १०

वार्षिक साढे ५ करोड मानिस ओहोरदोहोर गर्ने चीनको विमानस्थल (तस्बिरहरू) 

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङले वि.सं. २०७६ मा उद्घाटन गरेको

अस्पताल भवन निर्माण अलपत्र

खोटाङ– ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने