‘इन्जुरी टाइम’को गोलसँगै जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा « Khabarhub

‘इन्जुरी टाइम’को गोलसँगै जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अतिरिक्त समयतर्फ धकेलिएको खेलको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल गरेपछि पाँच पटकको विजेता ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकामा सोमबार राति भएको राउन्ड अफ ३२ को प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले जापानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

दोस्रो हाफमा सब्सटिच्युट खेलाडीका रूपमा मैदान छिरेका मार्टिनेलीले इन्जुरी समयको छैटौँ मिनेटमा गोल गर्दै ब्राजिलको जित पक्का गरेका थिए । अब ब्राजिलले आइतबार न्युजर्सीको इस्ट रदरफोर्डमा हुने अन्तिम १६ को खेलमा आइभोरी कोस्ट वा नर्वेमध्ये एकको सामना गर्नेछ ।

खेलको २९ औँ मिनेटमा काइसु सानोले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले मिडफिल्डमा ब्राजिलका खेलाडीले अगाडि बढाएको बल खोस्दै डि-बक्स बाहिरबाट उत्कृष्ट प्रहारमार्फत गोल गरेका हुन् ।

एक गोलले पछि परेको ब्राजिलले दोस्रो हाफको सुरुवातमै खेललाई बराबरीमा ल्याउने केही अवसर गुमाएको थियो । ५२ औँ मिनेटमा ब्रुनो गुइमारेसको हेडरलाई जापानी गोलकिपर जायन सुजुकीले उत्कृष्ट बचाउ गरे । त्यसको लगत्तै गोलकिपर सुजुकीको अनुहारमा ठोक्किँदै बाहिरिएको थियो ।

५६ औँ मिनेटमा ग्याब्रिएल मागाल्हेसको पासमा क्यासेमिरोले हेडरमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । जापानी गोलकिपर सुजुकीले रोक्ने प्रयास गरे पनि उक्त प्रहार जाली चुम्न पुगेको थियो । ५८ औँ मिनेटमा जारी विश्वकपमा चार गोल गरिसकेका भिनिसियस जुनियरले ब्राजिललाई अग्रता दिलाउने मौका पाएका थिए, तर उनको प्रहारलाई गोलकिपर सुजुकीले विफल पारिदिए ।

यो पराजयसँगै जापानको विश्वकप नकआउट चरणमा जित निकाल्ने सपना फेरि अधुरै बनेको छ । जापानले हालसम्म विश्वकपको नकआउट खेल जित्न सकेको छैन । यो हारसँगै जापानको पछिल्लो १० खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ ।

ऐसोमबारको यो जित ब्राजिलका लागि ऐतिहासिक रूपमा पनि विशेष रह्यो । सन् १९५८ मा आजकै दिन (सोमबार) १७ वर्षीय पेलेले दुई गोल गर्दै ब्राजिललाई स्वीडेनविरुद्ध पहिलो पटक विश्वकप उपाधि दिलाएका थिए । ऐतिहासिक उपाधि जितकै वार्षिकोत्सवका दिन ब्राजिलले यो रोमाञ्चक जित निकालेको हो ।

जापान र ब्राजिलबीच फुटबल र सांस्कृतिक रूपमा गहिरो सम्बन्ध छ । जापान बाहिर सबैभन्दा बढी (करिब २७ लाख) जापानी मूलका मानिसहरू ब्राजिलमा बस्छन् । फुटबलमा यो सम्बन्धलाई प्रवर्द्धन गर्न ब्राजिलियन लिजेन्ड जिकोको ठुलो योगदान छ, जो सन् १९९१ मा जापानी क्लब कासिमा एन्ट्लर्सबाट खेल्न जापान गएका थिए । उनकै प्रशिक्षणमा जापानले २००६ को विश्वकप खेलेको थियो, जहाँ ब्राजिलले जापानलाई ४–१ ले हराएको थियो ।

जापानविरुद्ध खेलिएका १५ खेलमध्ये ब्राजिलको यो १२ औँ जित हो । यसअघि समूह ‘सी’ मा रहेको ब्राजिल मोरक्कोसँग बराबरी तथा हाइटी र स्कटल्यान्डलाई हराउँदै नकआउट चरणमा पुगेको थियो भने जापान समूह ‘एफ’ को उपविजेता बन्दै अन्तिम ३२ मा आएको थियो ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ५ : २९ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग