जर्मनीलाई हराउँदै पाराग्वे विश्वकपको अन्तिम १६ मा « Khabarhub

जर्मनीलाई हराउँदै पाराग्वे विश्वकपको अन्तिम १६ मा

जर्मनी विश्वकपबाट बाहिरियो


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ मा एक अप्रत्याशित नतिजा निकाल्दै पाराग्वेले चार पटकको विजेता जर्मनीलाई प्रतियोगिताबाट बाहिर पठाएको छ । सोमबार बिहानका राति भएको रोमाञ्चक र तनावपूर्ण राउन्ड अफ ३२ को खेलमा जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पाराग्वे अन्तिम १६ मा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । सुटआउटमा पाराग्वे ४–३ ले विजयी भयो ।

विश्वकप इतिहासमा जर्मनी पेनाल्टी सुटआउटमा पराजित भएको यो पहिलो पटक हो । यो पराजयसँगै जर्मनी सन् २०१० मा विश्वकप जितेयता लगातार चौथो पटक अन्तिम १६ मा पुग्न असफल भएको छ ।

खेलको ४२ औँ मिनेटमा जुलियो एन्सिसोले हेडमार्फत उत्कृष्ट गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा कमजोर प्रदर्शन गरेको जर्मनीले दोस्रो हाफको सुरुवातमै खेलमा पुनरागमन गर्‍यो । ५३ औँ मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै जर्मनीलाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि जर्मनीले कर्नरमार्फत अर्को एक गोल गरे पनि पाराग्वेका गोलकिपरमाथि फल भएको भन्दै भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई मान्यता दिएन ।

यस सिजन आर्सनललाई २२ वर्षपछि प्रिमियर लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका जर्मन फरवार्ड काइ हाभर्ट्ज पेनाल्टी सुटआउटको पहिलो प्रहारमै चुकेका थिए । सुटआउटमा जर्मनीका तीन खेलाडीले गोल गर्न सकेनन् भने पाराग्वेका दुई खेलाडीको प्रहार विफल भएको थियो ।

विश्वकप इतिहासकै ठुलो धक्का
फिफा वरीयतामा १० औँ स्थानमा रहेको जर्मनी र ४१ औँ स्थानमा रहेको पाराग्वेबीचको यो नतिजालाई विश्वकप नकआउट चरणकै सबैभन्दा ठुलो हार मानिएको छ । यसअघि सन् १९९४ को अमेरिकी विश्वकपमा साविक विजेता जर्मनीलाई बुल्गेरियाले क्वार्टरफाइनलमा २–१ ले हराउनुलाई ठुलो उलटफेर मानिन्थ्यो । त्यतिबेला बुल्गेरिया फिफा वरीयताको २९ औँ स्थानमा थियो भने टोलीमा बालोन डी’ओर विजेता ह्रिस्टो स्टोइचकोभ जस्ता स्टार खेलाडी थिए । तर, पाराग्वेको यो जितले उक्त ऐतिहासिक नतिजालाई पनि छायामा पारिदिएको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ५ : ४८ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग