चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै विद्यार्थीको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (टीयू–आईओएम) अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले रानो पाठ्यक्रम र परीक्षा प्रणाली तत्काल परिवर्तनको माग गर्दै प्रदर्शन गरेका छन् ।

मंगलबार माइतीघर मण्डलामा विद्यार्थीहरूले विभिन्न ६ बुँदे माग अघि सार्दै १९ वर्षदेखि लागू हुँदै आएको शैक्षिक प्रणाली तत्काल सुधार गर्नुपर्ने माग गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले १९ वर्ष पुरानो पाठ्यक्रम तथा परीक्षा प्रणाली परिवर्तन गर्न, ‘ब्याच ड्रप’ प्रणाली खारेज गर्न तथा परीक्षामा वस्तुगत र विषयगत दुवै प्रकारका प्रश्न समावेश गर्नुपर्ने माग गरेका छन् ।

यस्ता छन् मागहरू :
१. १९ वर्ष पुरानो पाठ्यक्रम र परीक्षा प्रणाली तत्काल परिवर्तन गरियोस् !
२. ब्याच डूप प्रणाली खारेज गरियोस् !
३. वस्तुगत र विषयगत दुवै प्रकारका प्रश्न समावेश गरियोस् !
४.परीक्षाको तालिका व्यावहारिक बनाई पर्याप्त तयारीको समय सुनिश्चित गरियोस् !
५. अट्याम्स्को संख्या वृद्धि गरियोस् ! 
६. विद्यार्थीको मानसिक स्वास्थ्य, समय र भविष्य सुरक्षा गरियोस् !

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ३ : ५६ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि