महिला भलिबलमा नेपाललाई ऐतिहासिक सफलता « Khabarhub

महिला भलिबलमा नेपाललाई ऐतिहासिक सफलता


२८ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला भलिबल टोलीले ऐतिहासिक सफलता हात पारेको छ । बंगलादेशमा भएको पहिलो संस्करणको एसियन भलिबल कन्फेरेडेसन (एभिसी) सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा उपाधि हात पारेको महिला टोलीका लागि यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।

बिहीबार भएको फाइनलमा नेपाली महिला टोलीले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पार्यो । नेपाली महिला टोली एभिसीमा अपराजित रहँदै उपाधि हात पार्न सफल भएको हो ।

यसअघि सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपाली टोलीले रजत पदक जितेको थियो भने दक्षिण एसियाली खेलकुद (साग) मा तीन कास्य जितेको छ ।

नेपालले माल्दिभ्ससँग पहिलो सेट २५–१३ ले जितेको थियो भने दोस्रो सेटमा २५–१२ र तेस्रो सेटमा २५–८ ले पाखा लगाउँदै नेपाल उपाधि चुम्न सफल भयो ।

राउण्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा यस अघि नेपालले माल्दिभ्स,अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा पराजित गरेको थियो । जिवर्तमान कप्तानसहित ६ जना खेलाडीलाई आराम दिएर एभिसीका लाटि टोली छनोट गरेको भलिबल संघले एभिसीमा स्वर्ण जित्ने दाबी गर्दै आएको थियो भने अब यहिँ टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्नेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  ४ : ४५ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस