महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड « Khabarhub

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले अध्यागमन विभागको रेकर्ड झिकाउने आदेश गरेको छ ।

मंगलबार न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले कँडेल बेलायत गएको २०१५ देखि ९ वर्षसम्म बेलायत–नेपाल आवत–जावतको अभिलेख झिकाउने आदेश गरेको हो ।

सर्वाेच्चले कँडेललाई नियुक्त गर्ने निर्णयको सक्कल फाइल पनि झिकाउने आदेश गरेको छ ।

कँडेलको महान्यायाधिवक्ता बन्न आवश्यक पर्ने ‘निरन्तर वकालतको १५ वर्ष नपुगेको’ भन्दै योग्यतामा प्रश्न उठाएर अधिवक्ताहरू शिराज बराल, माधवकुमार बस्नेत र दीपकराज जोशीले नियुक्तिको निर्णय बदरको माग गर्दै रिट दायर गरेका थिए । उनीहरूले नियुक्ति गर्ने राष्ट्रपति कार्यालयसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ९ : १२ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६