हालान्डको निर्णायक गोलमा नर्वे विश्वकपको अन्तिम १६ मा : अब ब्राजिलसँग भिड्ने « Khabarhub

हालान्डको निर्णायक गोलमा नर्वे विश्वकपको अन्तिम १६ मा : अब ब्राजिलसँग भिड्ने


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आइभरी कोस्टलाई पराजित गर्दै नर्वे प्रतियोगिताको अन्तिम १६ (नकआउट चरण) मा प्रवेश गरेको छ ।

अमेरिकाको डलास रङ्गशालामा बुधबार भएको रोमाञ्चक खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले स्तब्ध पारेको हो । अब क्वार्टरफाइनल प्रवेशका लागि नर्वेले उपाधि दाबेदार ब्राजिलको सामना गर्नेछ ।

खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको आइभरी कोस्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको ७४औँ मिनेटमा अमाद डियाल्लोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

खेल बराबरीको दिशातिर धकेलिरहेका बेला ८६औँ मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हालान्डले गोल गर्दै नर्वेलाई २–१ को निर्णायक अग्रता दिलाए । बाँकी समयमा थप गोल हुन नसकेपछि नर्वेले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्‍यो ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ५ : ५७ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा