विभिन्न मुद्दाका पाँच फरार प्रतिवादी झापाबाट पक्राउ « Khabarhub

विभिन्न मुद्दाका पाँच फरार प्रतिवादी झापाबाट पक्राउ


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड–  जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच प्रतिवादीलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको फैसला कार्यान्वयन टोलीले उनीहरूलाई हालै झापाका विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको छ । 

 झापा गाउँपालिका–४ का ४७ वर्षीय अब्दुल हकिम मियाँ सवारी ज्यान मुद्दामा तीन महिना कैद र रु २०० जरिवाना तथा मेचीनगर नगरपालिका–३ का २६ वर्षीय अनिल दनुवार लागूऔषध मुद्दामा तीन महिना कैद र रु २०० जरिवाना सजाय तोकिएका प्रतिवादी हुन् । 

कमल गाउँपालिका–५ का २३ वर्षीय मनिष मगर लागूऔषध मुद्दामा नौ महिना २० दिन कैद सजाय तोकिएका प्रतिवादी भएकाले झापा कारागार चलान गरिएको छ ।

त्यसैगरी, सवारी ज्यान मुद्दामा एक वर्ष ११ महिना तीन दिन कैद र रु दुई हजार जरिवाना सजाय तोकिएका इलामको चुलाचुली गाउँपालिका–५ का ३० वर्षीय लक्ष्मण फागोलाई पनि पक्राउ गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रञ्जन अवाले जानकारी दिए । 

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १२ : ५८ बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई