रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल « Khabarhub

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेललाई मनोनित गरेको छ।

पार्टीका केन्द्रीय सहमहामन्त्री हरि ढकालका अनुसार कास्की निवासी पौडेल उच्च अदालतका पूर्वन्यायाधीश हुन्। उनलाई अनुशासन आयोगको प्रमुख बनाउने प्रस्ताव पार्टी सभापति रवि लामिछानेले बैठकमा पेश गरेका थिए।

ढकालका अनुसार बैठकले निर्वाचन आयोग र लेखा आयोगमा भने साविककै टोलीलाई निरन्तरता दिने निर्णय गरेको छ।

रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिको पहिलो बैठकले पार्टीका विभिन्न सङ्गठनात्मक संरचनालाई पूर्णता दिने क्रममा उक्त निर्णय गरेको हो।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ३ : ०९ बजे

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन