वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा ५ जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा ५ जना पक्राउ


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको आरोपमा ५ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । 

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँका ४१ वर्षीय रामदास महर्जन, काठमाडौँकै २९ वर्षीय सरिब गिरी, धादिङकी ३४ वर्षीय सन्तोषी लामा, सिन्धुपाल्चोकका ४२ वर्षीय वाङ्दी लामा र रामेछापका ३८ वर्षीय ललित बहादुर तामाङ रहेका छन् ।

महर्जनले संयुक्त अरब इमिरेट्स युएई पठाइदिने भन्दै ७ जना पीडितहरूबाट कुल ४५ लाख रुपैयाँ ठगी गरेको, गिरीले क्यानडा पठाइदिने प्रलोभन देखाई एक जना पीडितबाट २० लाख रुपैयाँ ठगी गरेको,धादिङकी लामाले स्पेन पठाइदिने भन्दै एक जनाबाट १५ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको, तामाङले कोसोभो पठाउने आश्वासन दिएर २ लाख ५० हजार रुपैयाँ ठगी गरेको र सिन्धुपाल्चोकका लामाले अजरबैजान पठाइदिने भन्दै ५० हजार रुपैयाँ ठगी गरेको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरूले पीडितहरूलाई वैदेशिक रोजगारीमा राम्रो कमाइ हुने प्रलोभन देखाई लामो समयसम्म झुक्काएर राख्ने र रकम लिएपछि सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको छ। पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ५ : ०४ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि