सात बुँदे घोषणापत्र जारी गर्दै आप्रवासी श्रमिक सम्मेलन सम्पन्न | Khabarhub Khabarhub

सात बुँदे घोषणापत्र जारी गर्दै आप्रवासी श्रमिक सम्मेलन सम्पन्न


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा भएको आप्रवासी श्रमिकहरूको अन्तर्राष्ट्रिय सम्मेलन ७ बुँदै घोषणपत्र जारी गर्दै सम्पन्न भएको छ ।

घोषणापत्रमा सात वटा बुद्धाँलाई महत्व दिएको आयोगले विहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

सम्मेलनमा आप्रवासी श्रमिकहरूको अधिकार संरक्षणका लागि आप्रवासन प्रक्रियाको सबै चरणहरूमा विद्यमान विभिन्न चुनौती तथा सम्भावनाहरूका बारेमा विस्तृत छलफल भएको थियो ।

अन्तर्राष्ट्रिय कानूनी प्रावधान, सहकार्यात्मक संरचनाहरूमा आधारित सहकार्य र साझेदारीका साथै मानवअधिकार संयन्त्रहरूबीचको सहकार्य तथा सामूहिक राजनीतिक प्रतिबद्धतालाई आप्रवासी श्रमिकहरूको अधिकार संरक्षणका लागि प्रभावकारी साधनका रुपमा स्वीकार भएको आयोगले जानकारी दिएको छ ।

समझदारीपत्रको उद्देश्य एसियामा आप्रवासी अधिकारको संरक्षण र प्रवर्द्धनका लागि राष्ट्रिय मानवअधिकार संस्थाहरूबीच सहकार्यसम्बन्धी सिउल मार्गदर्शन (नोभेम्बर २००८ मा सिउलमा अवलम्बन गरिएको) र आप्रवासी अधिकारसम्बन्धी राष्ट्रिय मानवअधिकार संस्थाहरूका अन्तर्राष्ट्रिय सम्मेलनका अन्य निष्कर्षहरूमा आधारित समान सहकार्य र साझेदारीको आदानप्रदानको प्रवर्द्धन गर्नु रहेको छ ।

आप्रवासी श्रमिकहरूको अधिकारका सम्बन्धमा मानवअधिकारको सम्मान, संरक्षण र उपचार प्रदान गर्ने कार्यलाई पनि निरन्तरता दिइनेछ ।

समझदारीपत्रका सात बुँदा

१. दुवै पक्षले आप्रवासी श्रमिक र तिनका परिवारहरूको अधिकारको सम्मान र संरक्षणका लागि द्धिपक्षीय र क्षेत्रीय दुवैतहमा सहयोग, सहकार्य र पैरवीलाई सुदृढ गर्न राष्ट्रिय मानवअधिकार संस्थाहरूको संस्थागत सञ्जालीकरणलाई अघि बढाउने छन् ।

२. दुवै पक्षले जे–जस्तो हैसियतमा रहेको भएपनि महिला आप्रवासी श्रमिकसहित आप्रवासी श्रमिकहरूको मानवअधिकारको सीमापार संयुक्त निरीक्षण र अनुगमनको सहजीकरणका लागि द्धिपक्षीय र क्षेत्रीय तहमा राष्ट्रिय मानवअधिकार संस्थाहरूबीच सम्झौता हस्ताक्षर गर्नेछन् ।

३. दुवै पक्षले आप्रवासी श्रमिकहरूको अधिकार उल्लङ्घनसम्बन्धी उजुरीहरूलाई सम्बन्धित देशको विद्यमान श्रम कानुन र अन्य सम्बन्धित कानुन अनुसार पर्याप्त मात्रामा सम्बोधन गर्नेछन् ।

४. दुवै पक्ष आप्रवासी श्रमिकहरूको अधिकार संरक्षण गर्ने ; रोजगारदाता, श्रमिक र अन्य सम्बन्धित सबैलाई आप्रवासी श्रमिकहरूको अधिकारका बारेमा शिक्षित गर्ने; र आप्रवासी श्रमिकहरूका लागि तालिम, प्राविधिक सहयोग र कानुनी सहायताको व्यवस्था गर्ने कार्यमा संलग्न हुनेछन् ।

५. दुवै पक्ष आ–आफ्ना कार्यादेश अनुरुप मलेसिया र नेपालमा हुने सीमापार मानव बेचबिखन, आप्रवासीहरूको ओसारप्रसार र बलजफ्ती श्रम निवारण गर्न र मानव बेचबिखन तथा बलजफ्ती श्रमका पीडितहरूको पहिचान कार्यलाई सहयोग तथा सहजीकरण गर्नमा सम्बन्धित सरकारसँग सहकार्य गर्न सहमत छन् ।

६. दुवै पक्ष आप्रवासी श्रमिकहरूको अवस्थामा सुधार ल्याउँदै उनीहरूको अधिकार प्राप्तिका लागि सहयोग गर्न सम्बन्धित मन्त्रालय, विभाग, कुटनीतिक नियोग, निकाय र संस्थाहरूसँग साझेदारी गर्न सहमत छन् ।

७. दुवै पक्षबीच नीतिगत मुद्दाहरूमा छलफल गर्न हरेक छ महिनामा बैठक हुनेछ र सूचनाको आदान प्रदान गर्न र साझा क्रियाकलापहरूबारे संयोजन गर्नमा सम्पर्क व्यक्तिका रुपमा काम गर्न दुवै राष्ट्रिय मानवअधिकार आयोगहरूमा एक जना सम्पर्क व्यक्ति (फोकल पयन्ट)को नियुक्त गरिनेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ६ : १८ बजे

एचपीभी खोप अभियान उत्साहजनक, चिकित्सक भन्छन्– विश्वसनीयतामा शङ्का नगरौँ

काठमाडौं – यतिखेर नेपालमा १० देखि १४ वर्ष मुनिका किशोरीहरूलाई

रूसको दाबी- अब मंगल ग्रह ३० दिनमा नै पुग्न सकिन्छ

मस्को– रुस फेरि एकपटक अन्तरिक्ष दौडमा प्रवेश गरेको छ ।  रुसी

प्रचण्डले गरे गुल्मीमा हेलिप्याड र पिसपार्क उद्घाटन

तम्घास– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल

‘नसर्ने रोगलाई रोकथाम गर्न प्रारम्भिक पहिचान आवश्यक’  

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नसर्ने

व्यवस्था परिवर्तनपछिका उपलब्धि संस्थागत गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

मनहरी– उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तनपछिका उपलब्धिलाई