कपडाको ‘कार्गो’ मा सुनचाँदीका गहना फेला, दुईजना पक्राउ « Khabarhub

कपडाको ‘कार्गो’ मा सुनचाँदीका गहना फेला, दुईजना पक्राउ


१८ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुईजना पक्राउ परेका छन् । जुत्ता, सारी र अन्य कपडा उल्लेख भएको कार्गो बाकस जाँच गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुका गरगहना फेला परेको थियो । 

उक्त सामग्री युनिक कार्गोले एपेक्स लजिष्टिकमार्फत काठमाडौँबाट संयुक्त राज्य अमेरिका पठाउन लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रहरीले एपेक्स लजिस्टिकका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई नियन्त्रणमा लिएको छ । 

उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।  

प्रहरीले कार्गो बाकसबाट नौगेडी ठूलो २२ थान, सानो ४४ थान, २१ गेडी १४ थान, चन्द्रमा १६ थान, जन्तर २० थानलगायत सुनचाँदीको गरगहना बरामद गरेको छ । 
 

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  १२ : ३८ बजे

राष्ट्रिय विपत्तिको परिस्थितिमा दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको