थाइल्यान्डमा बस्ने नेपालीलाई कृषिमन्त्रीले भनिन्- अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकासमा उपयोग गरौँ « Khabarhub

थाइल्यान्डमा बस्ने नेपालीलाई कृषिमन्त्रीले भनिन्- अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकासमा उपयोग गरौँ


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग थाइल्यान्डमा बसोबास गर्ने नेपालीले घेटघाट गरेका छन् । उनीहरुले थाइल्यान्डस्थित नेपाली राजदूतावासमा मन्त्री चौधरीसँग आज भेटघाट गरेका हुन् । 

कृषि, वन लगायत क्षेत्रको विकासमा गर्न सकिने सहकार्यका विषयमा नेपाली समुदायसँग छलफल भएको छ । नेपालमा सम्भावना, लगानी, प्रविधि हस्तान्तरण, अनुसन्धान, उद्यमशीलता तथा सीप आदान–प्रदानका विषयमा छलफल भएको छ । 

कृषि उत्पादन वृद्धि, वन व्यवस्थापन, जलवायु परिवर्तनसँग अनुकूलन, आधुनिक कृषि प्रविधिको प्रयोग, लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने विषयमा सुझाव दिएका छन् । मन्त्री चौधरीले ती सुझावलाई मन्त्रालयको समेट्दै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।

नेपाल र थाइल्याण्डबीच कृषि तथा वन क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउँदै ज्ञान, प्रविधि र अनुभवको आदान–प्रदानमार्फत नेपालको कृषि क्षेत्रलाई थप प्रतिस्पर्धी र दिगो बनाउने विषयमा समेत जोड दिइएको थियो।

छलफलमा नेपाली थाइल्यान्डमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  १ : ५२ बजे

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम