पूर्वअर्थमन्त्री पौडेलविरुद्ध ६ दिन म्याद थप « Khabarhub

पूर्वअर्थमन्त्री पौडेलविरुद्ध ६ दिन म्याद थप


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप भएको छ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई तेस्रोपटक म्याद थप गरेको हो । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थपको आदेश गरेको अदालतको प्रशासन शाखाले जानकारी दिएको छ ।

पौडेललाई श्रीराम टोबाको प्रालिको २० प्रतिशत शेयर हिमालयन एसेस्ट म्यानेजमेन्ट प्रालिले किनेको विषयमा अनुसन्धानका सिलसिलामा पक्राउ गरिएको हो । हिमालयनमा इन्फिनिटी होल्डिङ्सको शत प्रतिशत शेयर लगानी रहेको जिकिरसहितको दस्तावेज सरकारी पक्षले विशेष अदालतमा पेश गरेको छ।

हाल थुनामा रहेका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गर्दा विभागले हिमालय एसेस्ट म्यानेजमेन्ट प्रालिबारे उल्लेख गरेको थियो । उक्त कम्पनीले विभिन्न ठाँउमा लगानी गरेको अवस्थामा वास्तविक स्वामित्वकर्ता (लगानीकर्ता) अर्कै पाइएको जिकिरसहित विभागले त्यसमा अनुसन्धान भइरहेको जनाएको थियो ।

उक्त प्रकरणको अनुसन्धानका क्रममा पौडेललाई पक्राउ गरिएको सरकारको जिकिर छ । तर त्यसकै आधारमा पौडेललाई पक्राउ गर्न नमिल्ने जिकिरसहित कानुन व्यवसायीहरूले हाजिर जमानीमा छाड्न माग गरेका छन् । अर्कातिर फागुन २१ गतेको चुनावमा रुपन्देही क्षेत्र नम्बर २ मा पौडेलका प्रतिस्पर्धी चुन्नप्रसाद शर्मा पौडेलले बयान कागजलाई पनि पक्राउको आधार बनाइएको छ। दुवै पौडेल फागुन २१ को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलसँग पराजित भएका थिए ।

कांग्रेस उम्मेदवार चुन्नप्रसाले बयानका क्रममा लुकाइएको रकम पूर्वमन्त्री पौडेलकै ‘हो’ भनेर बयान दिएकै भरमा पक्राउ गर्न नमिल्ने तर्क कानुन व्यवसायीको छ। वरिष्ठ अधिवक्ता बडालले राजनीतिक प्रतिस्पर्धीहरूको बयानलाई विश्वसनीय आधार मान्न नहुने पनि तर्क गरेका छन् ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  २ : ३५ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय