रास्वपाको पेजमा राखियो केन्द्रीय सदस्य जित्ने एक-एक नेताको फोटो « Khabarhub

रास्वपाको पेजमा राखियो केन्द्रीय सदस्य जित्ने एक-एक नेताको फोटो


१८ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको तस्बिर क्रमशः सार्वजनिक गरिरहेको छ।

पार्टीले निर्वाचित ९९ जना केन्द्रीय सदस्यका तस्बिर एकएक गरी बधाई सन्देशसहित सार्वजनिक गरिरहेको हो। यससँगै पदाधिकारीमा निर्वाचित नेताहरूको तस्बिर पनि क्रमिक रूपमा सार्वजनिक भइरहेको पार्टीको प्रचारप्रसार विभागले जनाएको छ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनमा सम्पन्न भएको थियो। महाधिवेशनबाट नयाँ केन्द्रीय समिति र पदाधिकारी चयन भएका थिए।

सामाजिक सञ्जाललाई प्राथमिक माध्यमका रूपमा प्रयोग गर्दै आएको रास्वपाले पार्टीका गतिविधि, निर्णय तथा नेतृत्वसँग सम्बन्धित जानकारी नियमित रूपमा सार्वजनिक गर्दै आएको छ। महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिँदै सामाजिक सञ्जालमार्फत परिचय गराउने अभियान पनि त्यसैको निरन्तरता भएको पार्टीले जनाएको छ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  ३ : ४४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको