रास्वपाको पेजमा राखियो केन्द्रीय सदस्य जित्ने एक-एक नेताको फोटो « Khabarhub

रास्वपाको पेजमा राखियो केन्द्रीय सदस्य जित्ने एक-एक नेताको फोटो


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको तस्बिर क्रमशः सार्वजनिक गरिरहेको छ।

पार्टीले निर्वाचित ९९ जना केन्द्रीय सदस्यका तस्बिर एकएक गरी बधाई सन्देशसहित सार्वजनिक गरिरहेको हो। यससँगै पदाधिकारीमा निर्वाचित नेताहरूको तस्बिर पनि क्रमिक रूपमा सार्वजनिक भइरहेको पार्टीको प्रचारप्रसार विभागले जनाएको छ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनमा सम्पन्न भएको थियो। महाधिवेशनबाट नयाँ केन्द्रीय समिति र पदाधिकारी चयन भएका थिए।

सामाजिक सञ्जाललाई प्राथमिक माध्यमका रूपमा प्रयोग गर्दै आएको रास्वपाले पार्टीका गतिविधि, निर्णय तथा नेतृत्वसँग सम्बन्धित जानकारी नियमित रूपमा सार्वजनिक गर्दै आएको छ। महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिँदै सामाजिक सञ्जालमार्फत परिचय गराउने अभियान पनि त्यसैको निरन्तरता भएको पार्टीले जनाएको छ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ३ : ४४ बजे

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका