संसद्‍मा ज्वालाको माग- सम्पर्कविहीन रेवन्तको खोजी तीव्र बनाइयोस्  « Khabarhub

संसद्‍मा ज्वालाको माग- सम्पर्कविहीन रेवन्तको खोजी तीव्र बनाइयोस् 


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौला (ज्वाला) ले अछामको मंगलसेन नगरपालिका–५ का रेवन्त विष्ट एक महिनादेखि सम्पर्कविहीन रहेको उल्लेख गर्दै उनको खोजी कार्यलाई उच्च प्राथमिकतामा राख्न सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अध्ययनका लागि काठमाडौंको कीर्तिपुरमा बस्दै आएका विष्ट करिब एक महिनादेखि सम्पर्कविहीन रहेको बताइन् । 

प्रारम्भिक जानकारीअनुसार उनको अन्तिम लोकेसन सीतापाइला–स्वयम्भू क्षेत्रको जंगल आसपास देखिए पनि अहिलेसम्म उनको अवस्था सार्वजनिक हुन नसकेको उनले उल्लेख गरिन् ।

उनलेले प्रत्येक दिन बित्दै जाँदा परिवारको पीडा झन् गहिरिँदै गएको भन्दै यो विषय एउटा परिवारको दुःखमा मात्र सीमित नभई नागरिकको सुरक्षाप्रति राज्यको जिम्मेवारीसँग जोडिएको गम्भीर सवाल भएको बताइन् ।

उनले नेपाल सरकार, गृह मन्त्रालय, नेपाल प्रहरी तथा सम्बन्धित सबै सुरक्षा निकायलाई आधुनिक प्रविधि, आवश्यक जनशक्ति र प्रभावकारी समन्वय परिचालन गर्दै विष्टको खोजी कार्य तत्काल तीव्र बनाउन आग्रह गरे । साथै खोजी कार्यको प्रगतिबारे परिवारलाई नियमित रूपमा जानकारी गराउन पनि माग गरिन् ।

सांसद संग्रोलाले केही दिनअघि सिंहदरबारको प्रवेशद्वारमा रेवन्त विष्टका परिवारका सदस्यसँग भेट भएको प्रसङ्ग पनि सुनाए । उनले परिवारका सदस्यहरूले विष्टको तस्बिर बोकेर न्यायको याचना गरिरहेको देखेको र आफूलाई तस्बिर बुझाउँदै खोजीका लागि पहल गरिदिन अनुरोध गरेको बताइन् ।

‘उहाँहरूको सिंहदरबारसम्म पहुँच नभए पनि मसम्म पुग्नुभयो। मैले उहाँहरूको तस्बिर सरकारसमक्ष पुर्‍याएर न्यायका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएको थिएँ,’ उनले भनिन् ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ४ : ०० बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय