तामुटारमा पक्की पुल निर्माण « Khabarhub

तामुटारमा पक्की पुल निर्माण


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटारमा पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई सहज भएको छ ।

कोशी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको ६ करोड ३३ लाख लागतमा यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो । 

पक्की पुल नहुँदा बर्खामा खोलामा बाढी आउँदा  आवतजावत पूर्ण रूपमा ठप्प हुने गरेको थियो । विशेषगरी बिरामीलाई उपचारका लागि लैजान, गर्भवतीलाई अस्पताल पुर्‍याउन, विद्यार्थीलाई विद्यालय पठाउन तथा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न निकै कठिनाइ हुने गरेको थियो । 

पक्की पुल निर्माण भएपछि दुई स्थानीय तहका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको स्थानीयवासी तेजबहादुर घलेले बताए। 

पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले ५० मिटर लम्बाइको पक्की पुल निर्माण सम्पन्न भएको जानकारी दिए । विसं २०८२ चैतमा निर्माण सम्पन्न भएर पुल सञ्चालनमा आएको हो । यो पुलले षडानन्द नगरपालिका–१ र साल्पासिलिछो गाउँपालिका–३ लाई जोडेको छ । 

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १० : ०० बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी