औषधि आपूर्ति शृङ्खला सुधार्न विभागको ६ बुँदे निर्देशन « Khabarhub

औषधि आपूर्ति शृङ्खला सुधार्न विभागको ६ बुँदे निर्देशन


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – औषधि व्यवस्था विभागले मुलुकमा औषधिको आपूर्ति शृङ्खला व्यवस्थित बनाउन तथा बजारमा पारदर्शिता कायम गर्न ६ बुँदे निर्देशन जारी गरेको छ।

विभागका निमित्त महानिर्देशक शिवानी खड्गीका अनुसार स्वदेशी औषधि उत्पादक, औषधि पैठारीकर्ता, थोक तथा खुद्रा बिक्रेतालाई लक्षित गर्दै जारी गरिएको निर्देशन तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरिएको छ।

निर्देशनअनुसार सबै स्वदेशी औषधि उत्पादक तथा पैठारीकर्ताले आफ्ना आधिकारिक थोक बिक्रेतासँग अनिवार्य रूपमा लिखित सम्झौता गर्नुपर्नेछ। लिखित सम्झौताबिना कुनै पनि औषधिको आपूर्ति वा वितरण गर्न नपाइने व्यवस्था गरिएको विभागले जनाएको छ।

त्यस्तै, उत्पादक तथा पैठारीकर्ताले आफ्ना आधिकारिक थोक बिक्रेताको अद्यावधिक सूची आफ्नै आधिकारिक वेबसाइटमा प्रकाशित गर्नुका साथै औषधि व्यवस्था विभागको आधिकारिक पोर्टलमा पनि उपलब्ध गराउनुपर्नेछ।

विभागले थोक बिक्रेतालाई विभागमा दर्ता भएका खुद्रा औषधि पसल, सरकारी स्वास्थ्य संस्था, अस्पताल तथा प्रचलित कानुनअनुसार दर्ता भएका संस्थालाई मात्र औषधि बिक्री–वितरण गर्न निर्देशन दिएको छ। खुद्रा बिक्रेताले पनि उत्पादक वा पैठारीकर्ताले अधिकृत गरेका थोक बिक्रेताबाट मात्र औषधि खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस्तै अस्पताल, स्वास्थ्य संस्था तथा अन्य संस्थागत खरिदका लागि प्रयोग हुने औषधिको प्याकेजिङ तथा लेबलमा ‘संस्थागत आपूर्ति मात्र’ भन्ने विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। यस्ता औषधि खुद्रा बिक्रीका लागि प्रयोग गर्न नपाइने विभागले स्पष्ट पारेको छ।

विभागले आर्थिक वर्ष २०८३/८४ देखि थोक बिक्रेताले औषधि बिक्री–वितरणसम्बन्धी प्रमाणपत्र नवीकरण गर्दा उत्पादक वा पैठारीकर्तासँग भएको लिखित सम्झौताको प्रमाणित प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था पनि लागू गरेको जनाएको छ।

विभागका अनुसार नयाँ निर्देशनले औषधि आपूर्ति प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १० : २१ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी