ईपीएसमार्फत दक्षिण कोरिया जाने श्रमिकको भिसा शुल्कमा वृद्धि « Khabarhub

ईपीएसमार्फत दक्षिण कोरिया जाने श्रमिकको भिसा शुल्कमा वृद्धि


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरिया जाने श्रमिकको भिसा शुल्कमा वृद्धि भएको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले दक्षिण कोरिया जाने श्रमिकहरूको भिसा शुल्कमा वृद्धि भएको जानकारी दिएको हो ।

 शाखाले एक सार्वजनिक सूचना जारी गर्दै नेपालस्थित कोरियन राजदूतावासको निर्णयअनुसार शुल्क बढाइएको जनाएको हो ।

सूचनाअनुसार यसअघि नेपालस्थित कोरियन राजदूतावासले भिसा शुल्क बापत १० हजार सात सय रुपैयाँ लिँदै आएकोमा अब ६ सय रुपैयाँ वृद्धि गरी कुल ११ हजार तीन सय रुपैयाँ पुर्‍याइएको छ । यो नयाँ शुल्क दर असार १७ गते देखि प्राप्त पत्रका आधारमा लागू गरिएको सूचनामा उल्लेख छ ।

ईपीएस प्रणाली मार्फत दक्षिण कोरिया जानका लागि सीसीभीआई प्राप्त गरेका व्यक्तिहरूले अब उप्रान्त सीसीभीआई फारम भर्दा उक्त परिवर्तित शुल्क बुझाउनुपर्नेछ । रकम कोलेनिका ललितपुरको नाममा नेपाल बैंक लिमिटेड, गाबाहल शाखामा रहेको खाता नम्बर ०१८०१०००००२००६०००००१ मा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित व्यक्तिहरूले बैंकमा रकम जम्मा गरेको सक्कल भौचर सीसीभीआई फारमसहित ईपीएस। कार्यालयमा स्वयं उपस्थित भई बुझाउनुपर्नेछ । साथै, सूचनामा विशेष ध्यानाकर्षण गराउँदै कुनै पनि कारणवश एउटै व्यक्तिको नाममा दोहोरो भुक्तानी भएमा सो रकम फिर्ता नहुने व्यहोरा समेत स्पष्ट पारिएको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १२ : ३० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको