कर्णालीमा बेपत्ता गाडीको खोजी जारी, गोताखोर परिचालन « Khabarhub

कर्णालीमा बेपत्ता गाडीको खोजी जारी, गोताखोर परिचालन


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक फोर्स गाडी र यात्रुको खोजी दोस्रो दिन पनि जारी रहेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर शुक्रबार बिहान ८ बजेदेखि पुनः खोजीमा परिचालन भएका छन्। बिहीबार करिब पाँच घण्टासम्म खोजी गर्दा पनि गाडी वा बेपत्ता यात्रु फेला नपरेपछि पुनः खोजी अभियान सञ्चालन गरिएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार नदीको जलसतह बढेको, बहाव अत्यन्त तीव्र रहेको तथा पानी धमिलो भएकाले खोजी कार्य चुनौतीपूर्ण बनेको छ। घटनास्थलमा सिधै पुग्ने बाटो नभएकाले उद्धार टोली अछामतर्फबाट परिचालन गरिएको उनले जानकारी दिए।

दुर्घटनामा भीरमा अड्किएका एक पुरुषलाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको परिचय भने अझै खुल्न सकेको छैन।

बिहीबार बिहान ८ बजे सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी करिब ११ः३० बजे सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको थियो।

प्रहरीका अनुसार गाडी सुर्खेतबाट छुट्दा तीन जना यात्रु सवार थिए भने दैलेखको डुङ्गेश्वरबाट थप दुई जना चढेका थिए। चालक र सहचालकसहित गाडीमा हालसम्म आधिकारिक रूपमा सात जना सवार रहेको पुष्टि भएको छ।

खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन भएका छन्।

दुर्घटनास्थल दैलेख प्रहरीचौकीबाट करिब तीन किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा रहेको छ। प्रहरीले बेपत्ता गाडी र यात्रुको खोजी जारी रहेको जनाएको छ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १२ : ५९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको