सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला « Khabarhub

सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला आयोजना गरिएको छ ।  

पोखरा उद्योग बाणिज्य संघ र ग्रोथसेलरको संयूक्त आयोजना र पोखरा महानगर पालिकाको सहयोगमा  आयोजना गरिएको मेलामा विभिन्न बैंक, अस्पताल, विभिन्न मोट कम्पनी लगायत ६० भन्दा बढी व्यावसायिक कम्पनीहरूको सहभागिता रहेको छ ।

मेलामा रोजगार दाता र दक्ष जनशक्तीबिच प्रत्यक्ष भेटघाट हुने, विभिन्न कम्पनीमा अवसर अन्तरवार्ता, पेशागत परामर्श तथा करियर विकासका सम्भावना प्राप्त गर्न सकिने समेत बताइएको छ ।  

पछिल्लो समय लाखौँ युवा जनशक्ति रोजगारीको खोजीमा रहेका बेला आफ्नो सीप, योग्यता र अनुभवसँग मिल्ने अवसर खोज्ने उत्कृष्ट अवसर भएकाले यस्ता मेलाबाट रोजगारीको लागी राम्रो वातावरण बन्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । 

रोजगार मेलाबाट विशेष गरी बेरोजगार युवा जनशक्ति र व्यवसायी बिचको सम्बन्ध बिस्तार आगामी दिनमा आफ्नै देशमा बसेर सफल व्यवसाय सञ्चालन गर्नका लागी मेलाको आयोजना गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बताए ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ५ : १५ बजे

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात