सातामा ३.८९ अंकले बढ्यो नेप्से, दैनिक कारोबार ४ अर्ब पुग्न सकेन « Khabarhub

सातामा ३.८९ अंकले बढ्यो नेप्से, दैनिक कारोबार ४ अर्ब पुग्न सकेन


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार बनेदेखि तर्सिएको सेयर बजार यो साताभरीको कारोबारमा भने झिनो अंकले बढ्यो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अघिल्लो साताको कारोबारको दिन २६४९.५१ बिन्दुमा पुगेकोमा शुक्रबार २६५३.४० बिन्दुमा पुगेको छ । जुन बिन्दु अघिल्लो हप्ताको तुलनामा ३.८९ अंकले धेरै हो ।

तीन महिनादेखि औसत रूपमा ओरालो लाग्दै आएको नेप्सेमा यो साताको दैनिक कारोबार कुनै पनि दिन ४ अर्ब पुग्न सकेन । सोमबार २ अर्ब ५८ करोड ८३ लाख ७६ हजार ३२ रुपैयाँ, मंगलबार ३ अर्ब ७ करोड ५६ लाख ५७ हजार ८७३ रुपैयाँ, बुधबार ३ अर्ब ५७ करोड ४१ लाख ६७ हजार ५८७ रुपैयाँ, बिहीबार ३ अर्ब ८ करोड ५९ लाख १२ हजार १४५ रुपैयाँ र शुक्रबार ३ अर्ब २६ करोड ३३ लाख ५ हजार ४७ रुपैयाँ बराबरको कारोबार भयो ।

जसमध्ये सोमबार, मंगलबार र शुक्रबार नेप्से घट्यो भने बुधबार र बिहीबार नेप्से बढ्यो । अघिल्लो साताको अन्त्यमा सेयर कारोबारपछि नेप्सेको कुल पुँजीकरण ४५ खर्ब ३४ अर्ब ६९ करोड २९ लाख २० हजार रहेकोमा शुक्रबारको कारोबारपछि नेप्सेको पुँजीकरण ४५ खर्ब ५९ अर्ब ९ करोड ४८ लाख ६० हजार रुपैयाँ बराबर पुगेको छ । यो हप्ता नेप्सेको पुँजीकरण २४ अर्ब ४० करोड १९ लाख ४० हजार रुपैयाँले बढेको हो ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ५ : ४८ बजे

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज