गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए « Khabarhub

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गएको निष्कर्ष निकालेको छ । 

शुक्रबार पूर्णबहादुर खड्का निवास गोल्फुटार काठमाडौंमा बसेको संस्थापन इतर समूहका नेताहरूको बैठकले संस्थापन पक्ष  निरन्तर एकतर्फी ढंगले अघि बढ्न खोजेकाले अहिलेको अवस्थामा एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गएको कांग्रेस नेता मीन विश्वकर्माले बताए । 

यद्यपि कांग्रेस लोकतान्त्रिक पार्टी भएको हुनाले विमतिभित्र सहमति खोज्ने प्रयास भने जारी राख्ने बैठकको निष्कर्ष रहेको उनले बताए । 

उनले केही समय लिएर भए पनि सहमतिका लागि अधिकतम पहल गर्ने बताए । नेता विश्वकर्माले आगामी असार २२ गते सोमबारदेखि १५औँ महाधिवेशनको तयारी सम्बन्धी छलफल, संगठन विस्तार र सम्पर्कका कामहरू सम्पर्क कार्यालयबाट गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकमा नेताहरूले पार्टीभित्र भावनात्मक, सांगठनिक, वैचारिक र व्यवहारिक रूपमा पूर्ण एकता आवश्यक रहेको जोड दिएको उल्लेख गए । 

बैठकले वार्ता र संवादहीनताको अवस्थालाई चिर्दै असहमतिहरूलाई पन्छाएर अघि बढ्न पार्टी नेतृत्वलाई सुझाव दिएको नेता विश्वकर्माले बताए । 

उनले देशमा विधिको शासनमाथिको चुनौती, नागरिक अधिकारको संकुचन, राष्ट्रिय स्वाधीनता र अखण्डतामा देखिएका संकट तथा सत्तारुढ दलहरूका कारण उत्पन्न राजनीतिक अस्थिरतालाई सामना गर्न कांग्रेसभित्र बलियो एकता र सक्षम नेतृत्वको खाँचो रहेको धारणा राखे । 

पार्टीभित्रका आन्तरिक विवाद अन्त्य र गत निर्वाचनको पराजयको गम्भीर समीक्षा गर्नका लागि सातै प्रदेशमा भएका भेलाहरूको निष्कर्षका आधारमा छिट्टै राष्ट्रिय भेला आयोजना गर्ने भन्दै उनले असार २२ गते बस्ने बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने सम्भावना रहेको बताए । 

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ६ : १५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको