नेपाल बाल संगठनमा मन्त्री सीता बादीको छड्के अनुगमन « Khabarhub

नेपाल बाल संगठनमा मन्त्री सीता बादीको छड्के अनुगमन


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले शुक्रबार मन्त्रालय र आफ्नो सचिवालयको टोलीसहित नक्सालस्थित नेपाल बाल संगठनमा छड्के अनुगमन गरेकी छन् ।

अनुगमनका क्रममा मन्त्री बादीले संगठनको प्रशासनिक, वित्तीय तथा बाल संरक्षणसम्बन्धी गतिविधिबारे जानकारी लिनुका साथै संस्थाको समग्र कार्यसम्पादनको समीक्षा गरेकी थिइन् । 

उनले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारात्मक कदम तत्काल अघि बढाउन सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएकी छन् । 

मन्त्री बादीले नेपाल बाल संगठनमा सुशासन, पारदर्शिता र जबाफदेहितालाई संस्थागत गर्दै बाल संरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउन तथा बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर कार्य गर्न विशेष जोड दिएकी छन् ।

यसैबीच, अनुगमनबाट प्राप्त तथ्य, सुझाव तथा संस्थाको समग्र अवस्थाका आधारमा नेपाल बाल संगठनका विषयमा केही दिनभित्रै ठोस निर्णय गरिने मन्त्री बादीले बताएकी छन् ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ८ : ०५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको