जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयो : रवि लामिछाने « Khabarhub

जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयो : रवि लामिछाने


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भएको बताएका छन् ।

पार्टीका सांसदलाई लक्षित गरेर आयोजना गरिएको डिजिटल प्लेटफर्म (पल्स आरएसपी) र साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले नागरिकका सुझावलाई ग्रहण गरेर अझ परिपक्व ढङ्गले सरकार अघि बढ्ने विश्वास व्यक्त गरे।

‘सरकारले १०० दिनमा नागरिकसँग सम्बन्धित र सुशासनका विषयमा बढी जोड लगाएर काम गरेको छ । विकास निर्माण र दूरगामी महत्त्वका विषयमा आज गरिएको कामको प्रभाव केहीसमय पछि देखिँदै आउँछ’, सभापति लामिछानेले भने ।

सरकारले सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको जनाउँदै उनले भने, ‘सहजै सरकारी सेवा प्राप्त गर्न सक्ने अवस्थाको सुरुआत भएको छ । सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ ।’

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ८ : २८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको