खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ « Khabarhub

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त उपकुलपतिहरूलाई शपथ गराएका हुन् ।

प्रधानमन्त्री तथा सम्बन्धित विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले शुक्रबार नै त्रिभुवन विश्वविद्यालयसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए । उनीहरू विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले सिफारिस गरेका उम्मेदवारहरूमध्येबाट चयन भएका हुन्।

शपथ लिने उपकुलपतिहरूमा त्रिभुवन विश्वविद्यालयका प्रा।डा। भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयका श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयका देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयका सुजन बाबु मरहट्टा रहेका छन्।

कार्यक्रममा मन्त्री पोखरेलले विश्वविद्यालयहरूलाई निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढङ्गले सञ्चालन गर्न निर्देशन दिए। उनले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, शैक्षिक सुशासन र संस्थागत सुधारमा विशेष ध्यान दिन आग्रह गरे।

शपथपछि नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयको प्रतिष्ठा र विश्वसनीयता थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले खुला प्रतिस्पर्धामार्फत भएको नियुक्ति प्रक्रियाले जिम्मेवारीबोध र मनोबल दुवै बढाएको उल्लेख गर्दै इमानदारिता, पारदर्शिता र परिणाममुखी कार्यशैलीका साथ अघि बढ्ने बताएका छन्।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ९ : ३४ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद