खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ « Khabarhub

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त उपकुलपतिहरूलाई शपथ गराएका हुन् ।

प्रधानमन्त्री तथा सम्बन्धित विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले शुक्रबार नै त्रिभुवन विश्वविद्यालयसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए । उनीहरू विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले सिफारिस गरेका उम्मेदवारहरूमध्येबाट चयन भएका हुन्।

शपथ लिने उपकुलपतिहरूमा त्रिभुवन विश्वविद्यालयका प्रा।डा। भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयका श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयका देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयका सुजन बाबु मरहट्टा रहेका छन्।

कार्यक्रममा मन्त्री पोखरेलले विश्वविद्यालयहरूलाई निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढङ्गले सञ्चालन गर्न निर्देशन दिए। उनले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, शैक्षिक सुशासन र संस्थागत सुधारमा विशेष ध्यान दिन आग्रह गरे।

शपथपछि नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयको प्रतिष्ठा र विश्वसनीयता थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले खुला प्रतिस्पर्धामार्फत भएको नियुक्ति प्रक्रियाले जिम्मेवारीबोध र मनोबल दुवै बढाएको उल्लेख गर्दै इमानदारिता, पारदर्शिता र परिणाममुखी कार्यशैलीका साथ अघि बढ्ने बताएका छन्।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ९ : ३४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको