तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड « Khabarhub

तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा लाखौँ मानिसको भीड जुटेको छ। श्रद्धाञ्जलि दिन आउनेको संख्या निरन्तर बढेपछि तेहरानस्थित  मोसाल्ला मस्जिदका उत्तरी प्रवेशद्वारसमेत खोलिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुनेको चाप अत्यधिक बढेपछि मस्जिदका थप प्रवेशद्वार सञ्चालनमा ल्याइएको हो।

इरानी अधिकारीहरूले इरान र इराकका विभिन्न सहरमा आयोजना गरिने छदिने शोक तथा श्रद्धाञ्जली कार्यक्रममा एक करोड ५० लाखदेखि दुई करोडसम्म मानिस सहभागी हुने अनुमान गरेका छन्।

यसैबीच, इराकी सञ्चारमाध्यमहरूका अनुसार अन्तिम संस्कार कार्यक्रममा सहभागी हुन सहज होस् भन्ने उद्देश्यले बुधबार राजधानी बग्दादमा सार्वजनिक बिदा घोषणा गरिएको छ।

 अली खामेनीको अन्तिम संस्कार कार्यक्रम बिहीबार उनको गृहसहर मशहदमा सम्पन्न हुनेछ। त्यहाँ धार्मिक परम्पराअनुसार अन्तिम श्रद्धाञ्जलिपछि उनलाई दफन गरिने कार्यक्रम रहेको छ।

देशभर शोकको वातावरणबीच जारी श्रद्धाञ्जली कार्यक्रममा सर्वसाधारण, धार्मिक अगुवा तथा सरकारी अधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  १ : ०७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको