प्रचण्डलगायत माओवादी नेताहरू बुटवलमा  « Khabarhub

प्रचण्डलगायत माओवादी नेताहरू बुटवलमा 


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बुटवल- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल लुम्बिनी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन बुटवल पुगेका छन्।

रूपन्देहीको नयाँगाउँमा सुरु भएको प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशभरका पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।

पार्टी एकतापछि बुटवलमा पहिलोपटक आयोजना गरिएको प्रदेशस्तरीय प्रशिक्षणलाई संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यदिशा तय गर्ने तथा जिम्मेवारी बाँडफाँडको क्रममा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

कार्यक्रममा पार्टी नेतृत्वले संगठन विस्तार, पार्टी एकतालाई थप सुदृढ बनाउने रणनीति तथा समसामयिक राजनीतिक विषयमा प्रशिक्षण र निर्देशन दिने जनाइएको छ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ४ : ३८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको