सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल « Khabarhub

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो एक सय दिनमा संस्थागत तथा नीतिगत सुधारका क्षेत्रमा अपेक्षाकृत उपलब्धि हासिल गरेको बताएका छन् ।

सरकार गठनको एक सय दिन पूरा भएको अवसरमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यसचिव अर्यालले सुशासन, सेवा प्रवाहमा सरलीकरण, मितव्ययिता र जवाफदेहिता अभिवृद्धिका लागि आवश्यक सुधारात्मक कदम चालिएको जानकारी दिए।

उहाँले सबै मन्त्रालयबीचको समन्वय र सहकार्यका कारण सुशासन प्रवर्द्धनमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै सरकारले नीतिगत सुधारलाई प्राथमिकतामा राखेर काम गरेको बताए।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालको संयोजन रहेको थियो। कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरूले आआफ्नो मन्त्रालयले पहिलो एक सय दिनमा गरेका काम र उपलब्धिबारे जानकारी दिँदै सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिएका थिए।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ७ : १२ बजे

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना