एनपीएल अक्सनबाट ५२ खेलाडी छनोट हुने, अन्तिम सूचीमा १५५ खेलाडी « Khabarhub

एनपीएल अक्सनबाट ५२ खेलाडी छनोट हुने, अन्तिम सूचीमा १५५ खेलाडी


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि हुने खेलाडी अक्सनको सम्पूर्ण तयारी पूरा भएको छ ।

क्यानका अनुसार अक्सनका लागि प्रारम्भिक रूपमा नाम दर्ता गराएका ३४७ खेलाडीमध्ये अन्तिम छनोटमा १५५ जना खेलाडी परेका छन् । यही सूचीबाट विभिन्न फ्रेन्चाइज टोलीहरूले अक्सनमार्फत ५२ जना खेलाडीलाई आफ्नो टोलीमा आबद्ध गर्नेछन् ।

अन्तिम सूचीमा समावेश खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको छ । जसअनुसार ए क्याटेगोरीमा ५ जना, बी क्याटेगोरीमा २७ जना र सी क्याटेगोरीमा १२३ जना खेलाडी रहेका छन् ।

यस संस्करणदेखि एनपीएलमा नयाँ व्यवस्था पनि लागू गरिएको क्यानले जनाएको छ। अब प्रत्येक फ्रेन्चाइज टोलीमा मार्की र ट्यालेन्ट हन्टमार्फत छनोट हुने खेलाडीसहित कुल १४ जना नेपाली खेलाडी रहनेछन् ।

यस व्यवस्थाले थप नेपाली क्रिकेटरलाई व्यावसायिक प्रतियोगितामा अवसर सिर्जना गर्ने विश्वास क्यानको छ । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार खेलाडी अक्सन कार्यक्रम सोमबार काठमाडौँमा आयोजना हुनेछ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ८ : ३४ बजे

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर