संसद्‍मा ज्ञानेन्द्र शाहीको प्रश्न- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ? « Khabarhub

संसद्‍मा ज्ञानेन्द्र शाहीको प्रश्न- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ?


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सवारी दुर्घटनापछि उद्धारमा भएको ढिलाइ र राज्यको भूमिकामाथि संसद्‍मा प्रश्न उठाएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले कर्णाली नदीमा गाडी खस्दा यात्रुहरू उद्धारको पर्खाइमा रहे पनि प्रभावकारी सरकारी संयन्त्र नपुगेको आरोप लगाए। उनले घटनाका बेला आकाशमा हेलिकप्टर उडिरहेको भए पनि त्यो उद्धारका लागि नभई मन्त्रीको सवारीका लागि प्रयोग भएको दाबी गरे।

शाहीले ‘कर्णालीका नागरिकको ज्यानको मूल्य आखिर कति हो?’ भन्दै सरकारसँग घटनाको सत्यतथ्य सार्वजनिक गर्न, उद्धारमा भएको ढिलाइको जिम्मेवारी निर्धारण गर्न र दोषीमाथि कारबाही गर्न माग गरे। साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी विपद् उद्धार व्यवस्था गर्न सभामुखमार्फत सरकारलाई रुलिङ गर्न आग्रह गरे।

उनको ध्यानाकर्षणपछि सभामुख डोलप्रसाद अर्यालले विषयमा अध्ययन गर्ने बताएका छन्।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  १ : १९ बजे

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण