प्रधानमन्त्रीको सुन आर्जनको स्रोत के हो ? : आङ्देम्बे « Khabarhub

प्रधानमन्त्रीको सुन आर्जनको स्रोत के हो ? : आङ्देम्बे


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहको सम्पत्ति विवरणमा देखिएको सुनको स्रोतमाथि प्रश्न उठाएका छन् । संसद्लाई सम्बोधन गर्दै नेता आङ्देम्बेले प्रधानमन्त्री भएलगत्तै सार्वजनिक सम्पत्ति विवरणमा झण्डै दुई सय तोला सुन र करोडभन्दा बढी बैंक मौज्दात देखिएको भन्दै त्यसको कानुनी स्रोत स्पष्ट हुनुपर्ने माग गरे । विगत ३५ वर्षसम्म देशमा काम गर्ने वातावरण नै नभएको बताउने प्रधानमन्त्रीसँग त्यत्रो सम्पत्ति कहाँबाट आयो भनी जनताले प्रश्न गरिरहेको उनको भनाइ थियो।

विपक्षी दलको मुख्य चासो भ्रष्टाचार नियन्त्रणमा रहेको उल्लेख गर्दै नेता आङ्देम्बेले प्रधानमन्त्री शाहलाई सम्पत्ति छानबिनको चुनौती समेत दिए । प्रधानमन्त्रीले अरूको मात्र नभई आफ्नै सम्पत्तिबाट छानबिनको सुरुवात गर्नुपर्ने उनले बताए । नेता आङ्देम्बेले भ्रष्टाचारविरुद्धको अभियानलाई निष्पक्ष र अर्थपूर्ण बनाउनका लागि सर्वप्रथम आफू र प्रधानमन्त्री बालेन्द्र शाहकै सम्पत्तिबाट अनुसन्धान थाल्न प्रस्ताव गरे ।

उनले पाँचथरमा रहेको आफ्नो पाखोबारी र सम्पत्तिको छानबिन गर्न सरकारलाई खुला आह्वान गर्दै प्रधानमन्त्रीको दुई सय तोला सुनको पनि पारदर्शी अनुसन्धान हुनुपर्ने जिकिर गरे । आफूमाथि छानबिन नगर्ने तर अरूमाथि मात्रै प्रश्न उठाउने परिपाटी लोकतन्त्रमा स्वीकार्य नहुने उनको तर्क थियो ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ३ : ०४ बजे

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण