कांग्रेस इतरको ठहर- पार्टीलाई फुटबाट जोगाउन संस्थापन बाधक « Khabarhub

कांग्रेस इतरको ठहर- पार्टीलाई फुटबाट जोगाउन संस्थापन बाधक


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना गर्दै औपचारिक कार्य प्रारम्भ गरेको छ । 

सोमबार काठमाडौँको चुनदेवीमा पार्टीका संस्थापन इतर नेताहरूले १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना गर्दै औपचारिक कार्य प्रारम्भ गरेका हुन् ।

कार्यालय उद्घाटनसँगै १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक बसेको र समसामयिक राजनीतिक विषय र महाधिवेशनका एजेन्डाहरूमाथि छलफल भएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए ।

बैठकमा पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ’विशेष महाधिवेशन’ र ’नियमित महाधिवेशन’ का विषयमा विगतदेखि देखिएको विवाद र हालसम्मका गतिविधिहरूबारे स्पष्ट पारेको उनले बताए । 

पार्टीलाई विभाजन हुनबाट जोगाउन शीर्ष नेताहरू, पूर्व पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूले लगातार ५ महिनादेखि प्रयत्न गरे पनि संस्थापन पक्षका कारण ठोस परिणाम आउन नसकेको संस्थापन इतर समूहको निष्कर्ष छ । 

नेता विश्वकर्माले पार्टीको नेतृत्वमा रहेकाहरूबाट पार्टी एकताका लागि कुनै पनि सार्थक पहल हुन नसकेको र उनीहरूका कतिपय अभिव्यक्तिले एकतामा थप खलल पुर्‍याएको उल्लेख गरे । 

उनले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक मंगलबार बस्ने र १५औँ महाधिवेशनको कार्यतालिका बनाउने जानकारी दिए । 

त्यस्तै आगामी साउन ६ गते बीपी स्मृति दिवस मनाउनका लागि समेत मंगलबारको बैठकले आवश्यक निर्णय गर्ने उनले बताए । 

१५औँ महाधिवेशनलाई ’एकताको महाधिवेशन’ का रूपमा सफल बनाउनका लागि सम्पर्क कार्यालय स्थापना गरिएको विश्वकर्माले जानकारी दिए  । 

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ४ : ५२ बजे

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा