बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक « Khabarhub

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन,  सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहारमार्फत समाजमा पुनःस्थापित गर्न आग्रह गरिएको छ । जयेन्दु बालसुधार गृह, बाँकेको व्यवस्थापन सुधारोन्मुख देखिएको तर बालन्यायको मर्मअनुरुप सञ्चालनमा नआएको बताइन्छ । 
 
नेपाल बालकल्याण संस्थाका अध्यक्ष वरिष्ठ अधिवक्ता धर्मबहादुर खड्का, उपाध्यक्ष दिलीप मल्लिक, पूर्वअध्यक्ष तथा एडभोकेसी फोरम नेपालका उपाध्यक्ष वरिष्ठ अधिवक्ता शिवकुमार गौडेल, पत्रकार माधव ढुङ्गाना र दीपक श्रेष्ठसहितको टोलीमा एडभोकेसी फोरम नेपाल, लुम्बिनी प्रदेशका वरिष्ठ प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले छलफल गरी उक्त निष्कर्ष निकालेका थिए ।   

नेपालगञ्ज उच्च अदालतको परमादेश अनुरूप विद्यालय सञ्चालन नभएको, पर्याप्त सीपमूलक तथा आयमूलक कार्यक्रमको अभाव, पुस्तकालयको सीमितता, खेलकुद सामग्रीको कमि तथा सरकारले उपलब्ध गराउँदै आएको प्रतिदिन ७५० ग्राम चामल र प्रतिव्यक्ति ८० रुपैयाँ खर्च बालकहरूको उमेर र पोषण आवश्यकता अनुसार पर्याप्त नभएको उनीहरूले जानकारी दिए । 

विसं २०८३ असार २१ गतेसम्म सुधार गृहमा स्वदेशी र विदेशी गरी १८२ जना कानुनी विवादमा परेका बालक रहेका छन् । सुधार गृहका अनुसार स्वदेशीतर्फ फैसला नभएका (थुनुवा) ८८ जना र फैसला भइसकेका ९२ जना छन् । विदेशीतर्फ फैसला नभएका एक जना र फैसला भइसकेका एक जना गरी दुई जना छन् । 

उमेर समूहका आधारमा फैसला नभएका थुनुवामध्ये १८ वर्षभन्दा माथिका ८९ जना र १८ वर्षभन्दा मुनिका ८३ जना रहेका छन् । फैसला भइसकेकामध्ये १८ वर्षभन्दा माथिका ९९ जना रहेको सुधार गृहले जनाएको छ ।
 

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ४ : ३७ बजे

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा