काठमाडौं– चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय १० मिलिग्राम सहित उदयपुर बेलका नगरपालिका-१ बस्ने ३१ वर्षीय संजिब खड्कालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-०२-००२ ख ०५४१नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया