धान रोपाइँमा सुस्तता, असार २२ सम्म देशभर ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न « Khabarhub

धान रोपाइँमा सुस्तता, असार २२ सम्म देशभर ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा केही सुस्त देखिएको छ । 

प्राप्त पछिल्लो तथ्याङ्क अनुसार सोमबार असार २२ गतेसम्म देशभर कुल धान रोप्न योग्य क्षेत्रफलको ३२.३८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । गत वर्ष २०८२ सालको सोही अवधिमा देशभर ४५ प्रतिशत रोपाइँ भइसकेको थियो ।

तथ्याङ्क अनुसार नेपालभर कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा हालसम्म ४ लाख ४३ हजार ५९५ दशमलव ०९ हेक्टरमा मात्र रोपाइँ सकिएको छ ।

सातै प्रदेशको विवरण हेर्दा सोमबारसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ५७.९ प्रतिशत रोपाइँ भएको छ ।

त्यस्तै, गण्डकी प्रदेशमा ४१.० प्रतिशत, कर्णाली प्रदेशमा ४०.५ प्रतिशत, लुम्बिनी प्रदेशमा ३७.३ प्रतिशत, बागमती प्रदेशमा ३३.२ प्रतिशत र कोशी प्रदेश ३१.५ प्रतिशत धान रोपाईं सम्पन्न भएको छ ।

मधेश प्रदेशमा भने सबैभन्दा कम १५.६ प्रतिशत रोपाइँ भएको छ ।

गत वर्ष असार २२ गतेसम्मको तुलनामा यस वर्ष अधिकांश प्रदेशमा रोपाइँको दर घटेको देखिएको छ । गत वर्ष सोही समयमा सुदूरपश्चिममा ८२.८ प्रतिशत र कर्णालीमा ७१.७ प्रतिशत रोपाइँ भइसकेको थियो । 

यस्तै बागमती (५१.९%), गण्डकी (५५.६%) र लुम्बिनी (५२.१%) प्रदेशमा पनि गत वर्षको तुलनामा यस वर्ष रोपाइँको प्रतिशत निकै कम रहेको छ । कोशी प्रदेशमा भने गत वर्ष (२९.५%) को तुलनामा यस वर्ष (३१.५%) सामान्य सुधार देखिएको छ ।
 

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ५ : ५५ बजे

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा