मल वितरण प्रभावकारी, १९ दिनमै ४० हजार ५६९ मेट्रिकटन आपूर्ति « Khabarhub

मल वितरण प्रभावकारी, १९ दिनमै ४० हजार ५६९ मेट्रिकटन आपूर्ति


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ तीव्र बनेको छ। यस वर्ष भने विगतका वर्षझैँ रोपाइँको मुख्य समयमा किसानले रासायनिक मल अभावको समस्या झेल्नुपरेको छैन।

सरकारी तथ्याङ्कअनुसार असार १ देखि १९ गतेसम्म कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत कुल ४० हजार ५६९.२५ मेट्रिकटन रासायनिक मल किसानसम्म वितरण गरिएको छ। सरकारले पूर्वतयारीका साथ आपूर्ति, भण्डारण र वितरण प्रणाली व्यवस्थित बनाएकाले समयमै मल उपलब्ध गराउन सफल भएको जनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार विगतमा धान रोपाइँको मुख्य याममै किसानले मल नपाएर सास्ती खेप्नुपर्ने अवस्था रहने गरे पनि यसपटक मागअनुसार सहज रूपमा मल उपलब्ध गराइएको छ।

वितरण गरिएको कुल मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडले २६ हजार ९९४.६५ मेट्रिकटन र साल्ट ट्रेडिङ कर्पोरेसनले १३ हजार ५७४.६० मेट्रिकटन वितरण गरेका छन्।

यस अवधिमा किसानले २३ हजार ४८२.४ मेट्रिकटन युरिया, १७ हजार ७४९ मेट्रिकटन डीएपी र दुई हजार ३३७ मेट्रिकटन पोटास मल प्राप्त गरेका छन्।

विगतका वर्षमा राष्ट्रिय धान दिवस (असार १५) आसपास मलको माग अत्यधिक बढ्दा वितरण प्रणाली प्रभावित हुने गरेको थियो। यस वर्ष असारको सुरुआतमा दैनिक औसत बिक्री ८७६.४५ मेट्रिकटन रहेकोमा असार १५ गते एकैदिन चार हजार ८७७.१५ मेट्रिकटन मल वितरण भएको सरकारी तथ्याङ्क छ।

कृषि अधिकारीहरूका अनुसार मागसँगै वितरण प्रणालीलाई पनि समानान्तर रूपमा व्यवस्थित राखिएकाले एकैदिन झन्डै पाँच हजार मेट्रिकटन मल वितरण हुँदा पनि आपूर्ति शृङ्खला प्रभावित भएन।

प्रेस तथा अनुसन्धान विज्ञ दाहालले असार १५ गते एकैदिन करिब पाँच हजार मेट्रिकटन मल कुनै अवरोधबिना किसानसम्म पुर्‍याइनु सरकारी संयन्त्रको प्रभावकारिता र किसानप्रतिको जवाफदेहिताको उदाहरण भएको बताए। उनका अनुसार आगामी दिनमा पनि मल अभाव हुन नदिन प्रधानमन्त्री कार्यालयले निरन्तर अनुगमन र समन्वय गरिरहेको छ।

सरकारले समयमै बजेट सुनिश्चित गर्नु, वैदेशिक खरिद प्रक्रिया अघि बढाउनु र जिल्लास्थित डिपोहरूको नियमित अनुगमन गर्नुका कारण यस वर्ष रासायनिक मलको मौज्दात पर्याप्त रहेको जनाएको छ। सरकारले यही व्यवस्थापनलाई निरन्तरता दिँदै बाँकी कृषि याममा पनि आवश्यक आपूर्ति र समन्वय कायम राख्ने जनाएको छ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ६ : ०० बजे

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले