कोशी प्रदेशसभा : बजेटमाथिको प्रश्नमा मन्त्रीहरूको जवाफ « Khabarhub

कोशी प्रदेशसभा : बजेटमाथिको प्रश्नमा मन्त्रीहरूको जवाफ


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका छन्।

आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले बजेटप्रति आलोचना हुनु स्वाभाविक रहेको बताउँदै यसपटकको बजेटले प्रदेशवासीको मन छुने विश्वास व्यक्त गरे। उनले बजेटमा देखिएका त्रुटि कार्यान्वयनअघि नै सच्याइने प्रतिबद्धता पनि जनाए ।

भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारले स्रोत वृद्धि नगरी विकासका योजना मात्र थप्ने प्रवृत्तिका कारण समस्या उत्पन्न भएको बताए। मन्त्रालयले प्राथमिकताका आधारमा झोलुङ्गे पुल र सडक आयोजनाको छनोट गरेको उनको भनाइ थियो।

त्यस्तै, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठक तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नले सरकारलाई थप जवाफदेही बन्न प्रेरित गरेको धारणा व्यक्त गरे।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ७ : ३५ बजे

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

ज्ञानेन्द्र शाहीको प्रश्न : नेपाली धर्म–संस्कृतिलाई मात्रै निशाना किन ?

काठमाडौँ– सांसद ज्ञानेन्द्र शाहीले नेपाली धर्म, संस्कार र संस्कृतिमाथि मात्रै

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

रूपन्देही– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका