टेरामक्स प्रकरणमा दिगम्बर झालाई एक वर्ष जेल सजाय, मोहन बस्नेतलाई सफाई « Khabarhub

टेरामक्स प्रकरणमा दिगम्बर झालाई एक वर्ष जेल सजाय, मोहन बस्नेतलाई सफाई


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) भ्रष्टाचार प्रकरणमा दोषी ठहर गर्दै तीन जनालाई सजाय सुनाएको छ।

न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्षसहित तीन जनालाई यस प्रकरणमा दोषी ठहर गरेको हो।

अदालतको फैसला अनुसार तत्कालीन अध्यक्ष दिगम्बर झालाई एक वर्ष तथा तत्कालीन सदस्यद्वय धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीलाई जनही छ-छ महिना कैद सजाय तोकिएको छ ।

अदालतले पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई भने सफाइ दिएको छ । त्यसैगरी, सफाइ पाउनेहरुमा अन्य प्रतिवादीहरू पुरुषोत्तम खनाल, अच्युतानन्द मिश्रलगायत भेनराइज सोलुसन्स पनि रहेका छन् ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ७ : ५९ बजे

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

ज्ञानेन्द्र शाहीको प्रश्न : नेपाली धर्म–संस्कृतिलाई मात्रै निशाना किन ?

काठमाडौँ– सांसद ज्ञानेन्द्र शाहीले नेपाली धर्म, संस्कार र संस्कृतिमाथि मात्रै

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

रूपन्देही– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका