अमेरिकी डलर र युरो बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

अमेरिकी डलर र युरो बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ सामान्य बढेको छ ।

आजका लागि अमेरिकी डलर १ को खरिद दर १५२ रुपैयाँ ३४ पैसा र बिक्री दर १५२ रुपैयाँ ९४ पैसा तोकिएको छ । त्यस्तै, युरोपियन युरो १ को खरिद दर १७३ रुपैयाँ ८४ पैसा र बिक्री दर १७४ रुपैयाँ ५३ पैसा कायम भएको छ । बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर २०३ रुपैयाँ ११ पैसा र बिक्री दर २०३ रुपैयाँ ९१ पैसा रहेको छ ।

खाडी मुलुकतर्फ साउदी अरबियन रियाल १ को खरिद दर ४० रुपैयाँ ५६ पैसा र बिक्री दर ४० रुपैयाँ ७२ पैसा तथा कतारी रियाल १ को खरिद दर ४१ रुपैयाँ ७९ पैसा र बिक्री दर ४१ रुपैयाँ ९५ पैसा तोकिएको छ । मलेसियन रिंगिट १ को खरिद दर ३७ रुपैयाँ २९ पैसा र बिक्री दर ३७ रुपैयाँ ४४ पैसा कायम भएको छ ।

यता भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसामा स्थिर (पेग्ड) नै रहेको छ । राष्ट्र बैंकले यो खुला बजार विनिमय दर वाणिज्य बैंकहरूका लागि मार्गदर्शन मात्र भएको र विभिन्न बैंकहरूमा यो दर केही फरक हुन सक्ने जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ६ : ४३ बजे

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३