अमेरिकी डलर र युरो बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

अमेरिकी डलर र युरो बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ सामान्य बढेको छ ।

आजका लागि अमेरिकी डलर १ को खरिद दर १५२ रुपैयाँ ३४ पैसा र बिक्री दर १५२ रुपैयाँ ९४ पैसा तोकिएको छ । त्यस्तै, युरोपियन युरो १ को खरिद दर १७३ रुपैयाँ ८४ पैसा र बिक्री दर १७४ रुपैयाँ ५३ पैसा कायम भएको छ । बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर २०३ रुपैयाँ ११ पैसा र बिक्री दर २०३ रुपैयाँ ९१ पैसा रहेको छ ।

खाडी मुलुकतर्फ साउदी अरबियन रियाल १ को खरिद दर ४० रुपैयाँ ५६ पैसा र बिक्री दर ४० रुपैयाँ ७२ पैसा तथा कतारी रियाल १ को खरिद दर ४१ रुपैयाँ ७९ पैसा र बिक्री दर ४१ रुपैयाँ ९५ पैसा तोकिएको छ । मलेसियन रिंगिट १ को खरिद दर ३७ रुपैयाँ २९ पैसा र बिक्री दर ३७ रुपैयाँ ४४ पैसा कायम भएको छ ।

यता भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसामा स्थिर (पेग्ड) नै रहेको छ । राष्ट्र बैंकले यो खुला बजार विनिमय दर वाणिज्य बैंकहरूका लागि मार्गदर्शन मात्र भएको र विभिन्न बैंकहरूमा यो दर केही फरक हुन सक्ने जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ६ : ४३ बजे

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण