शक्तिशाली अधिकारीको निवासबाटै सुरु हुन्छ कुशासन र बिचौलियाको खटनपटन : पूर्वअर्थमन्त्री खनाल « Khabarhub

शक्तिशाली अधिकारीको निवासबाटै सुरु हुन्छ कुशासन र बिचौलियाको खटनपटन : पूर्वअर्थमन्त्री खनाल


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वसचिव एवं पूर्वअर्थमन्त्री रामेश्वर खनालले शक्तिशाली सार्वजनिक पदमा बस्नेले निजी र सार्वजनिक जीवन छुट्याउन नसक्दा भ्रष्टाचार र कुशासनको संस्थागत सुरुवात हुने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपालको शासकीय संयन्त्रभित्र भइरहेको बिचौलियाको सेटिङ र प्रभावलाई उजागर गरेका हुन् ।

खनालले शक्तिमा रहेका अधिकारीका परिवार र निवासलाई माध्यम बनाएर बिचौलियाहरू कसरी निर्णय प्रक्रियामा हाबी हुन्छन् भन्ने कुरा सिलसिलेवार रूपमा उल्लेख गरेका छन् । उनको फेसबुकमा लेखेका छन्, “शक्तिशाली सार्वजनिक पदमा बहाल अधिकारीले निजी जीवन र सार्वजनिक जीवन छट्याउन सकेनन् भने- भ्रष्टाचार र कुशासनको प्रारम्भ ठ्याक्क त्यही विन्दुबाट हुन्छ।”

निवासमा भेट्न आउने व्यक्तिले पहिला पत्नी वा पतिको भरपूर तरिफ गर्छ। “म्याडम,” “साहेबनी,” “मन्त्राणीज्यू,” “श्रीमान” वा “हजुर” — मौका र व्यक्ति हेरी सम्बोधन गर्दै गुणगान गाउँछ। घरमा केटाकेटी भए सुरुमा चकलेट र बिस्तारै महँगा उपहार ल्याउन थाल्छ। पाल्तु जनावर भए, ट्रीट लिएर आउँछ र त्यो पप्पीको समेत प्रिय बन्छ।

घरका सबैको प्रिय भइसकेपछि, आफ्नो वञ्छित/अवाञ्छित चाहना ती शक्तिसम्पन्न अधिकारीबाट पूरा गराउन उसलाई कुनै गाह्रो पर्दैन। र उसले आफ्नो प्रभावक्षेत्र यसरी विस्तार गर्दै लैजान्छ कि सम्बन्धित निकायका तल्ला निर्णायक अधिकारीहरूलाई समेत, मानौँ ऊ स्वयं नै मुख्य अधिकारी हो जस्तो गरी खटनपटन गर्न थाल्छ।

उनले जेनजी विद्रोहअघिको हाम्रो शासकीय संयन्त्रमा रहेको रोग ठ्याक्कै यही भएको बताएका छन्।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ११ : ४२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको